आजबाट एसईई परिक्षा सुरु, ताप्लेजुङका १८ सय ९० विद्यार्थीले परिक्षा दिँदै



ताप्लेजुङ । आजबाट देशैभर सुरु हुने माध्यमिक शिक्षा परिक्षा (एसईई) मा ताप्लेजुङका १८ सय ९० विद्यार्थीले परिक्षा दिने भएका छन् । शिक्षा विकास तथा समन्वय एकाई ताप्लेजुङका प्रमुख योगश्वर भट्टराईले दिनुभएको जानकारी अनुसार उक्त संख्याका बिधार्थीले एसईई परिक्षा दिन लागेका हुन् ।

उहाँका अुनसार जिल्लामा एसईईका लागि १७ वटा केन्द्र र केन्द्राध्यक्ष समेत तोकिएको छ । जसमा बालसुबोधिनी संस्कृत मावि केन्द्रमा युवराज बस्नेतलाई केन्द्राध्यक्ष, भानु जन माविमा किशोर कुमार राई, सिवाँ माविमा ओमनाथ गौतम, युवावर्ष माविमा फुङलिङमा चन्द्रमणि पौडेल, सिद्धकाली मावि दोखुमा अम्बर कुमार राई, जनता मावि हाङ्देवा केन्द्रमा राम बहादुर गुरुङलाई केन्द्राध्यक्ष तोकिएको छ ।

त्यस्तै मोति मावि खोक्लिङमा केबुहाङ लिम्बु, त्रिभुवन मावि थुकिमामा कमल चेम्जोङ, सिनाम माविमा तुलसीराम पोख्रेल, थेचम्बु माविमा देउ कुमार लिम्बु, तेल्लोक माविमा रुकमान थेबे, गणेश मावि केन्द्रमा राम कुमार लिम्बुलाई केन्द्राध्यक्ष तोकिएको छ ।

त्यस्तै भञ्जाङ मावि सिदिङवामा राजेन्द्र ईदिङ्गोे, मैवाखोला मावि आठराई त्रिवेणीमा भक्त बहादुर लिम्बु, सरस्वती मावि हाङपाङमा चन्द्र पसाद तामाङ, दर्गा माध्यमिक विद्यायल आठराई त्रिवेणीमा कुल प्रसाद भट्टराई र सरस्वती च्यारिवुक मावि लेलेपमा चन्द्रमणि लिम्बुलाई केन्द्राध्यक्ष तोकिएको छ ।

जिल्लामा कुनैपनि अपाङ्गता भएका व्यक्ति एसईईमा परिक्षा दिने नरहेको समेत शिक्षा समन्वय एकाईले जनाएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने तोकिएको छ । परीक्षामा सहभागी हुन देशभरबाट ४ लाख ८९ हजार विद्यार्थीले आवेदन दिएका छन् ।

प्रकाशित मिति : 12:59 am

चीन सरकारले दियो मेरिङ्देनलाई स्काभेटर 

ताप्लेजुङ, कात्तिक ११ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले चीन सरकारबाट

ताप्लेजुङ युके युवा समाजद्धारा क्यान्सर तथा मिर्गौला पीडितलाई आर्थिक सहयोग

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङ युके युवा समाज बेलायतले

फङ्फङदेन झरना पर्यटन मेला मंसिर २ देखि, फुटबल विजेतालाई तीन लाख बराबरको अलैँची

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजना हुने

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले