आजबाट एसईई परिक्षा सुरु, ताप्लेजुङका १८ सय ९० विद्यार्थीले परिक्षा दिँदै



ताप्लेजुङ । आजबाट देशैभर सुरु हुने माध्यमिक शिक्षा परिक्षा (एसईई) मा ताप्लेजुङका १८ सय ९० विद्यार्थीले परिक्षा दिने भएका छन् । शिक्षा विकास तथा समन्वय एकाई ताप्लेजुङका प्रमुख योगश्वर भट्टराईले दिनुभएको जानकारी अनुसार उक्त संख्याका बिधार्थीले एसईई परिक्षा दिन लागेका हुन् ।

उहाँका अुनसार जिल्लामा एसईईका लागि १७ वटा केन्द्र र केन्द्राध्यक्ष समेत तोकिएको छ । जसमा बालसुबोधिनी संस्कृत मावि केन्द्रमा युवराज बस्नेतलाई केन्द्राध्यक्ष, भानु जन माविमा किशोर कुमार राई, सिवाँ माविमा ओमनाथ गौतम, युवावर्ष माविमा फुङलिङमा चन्द्रमणि पौडेल, सिद्धकाली मावि दोखुमा अम्बर कुमार राई, जनता मावि हाङ्देवा केन्द्रमा राम बहादुर गुरुङलाई केन्द्राध्यक्ष तोकिएको छ ।

त्यस्तै मोति मावि खोक्लिङमा केबुहाङ लिम्बु, त्रिभुवन मावि थुकिमामा कमल चेम्जोङ, सिनाम माविमा तुलसीराम पोख्रेल, थेचम्बु माविमा देउ कुमार लिम्बु, तेल्लोक माविमा रुकमान थेबे, गणेश मावि केन्द्रमा राम कुमार लिम्बुलाई केन्द्राध्यक्ष तोकिएको छ ।

त्यस्तै भञ्जाङ मावि सिदिङवामा राजेन्द्र ईदिङ्गोे, मैवाखोला मावि आठराई त्रिवेणीमा भक्त बहादुर लिम्बु, सरस्वती मावि हाङपाङमा चन्द्र पसाद तामाङ, दर्गा माध्यमिक विद्यायल आठराई त्रिवेणीमा कुल प्रसाद भट्टराई र सरस्वती च्यारिवुक मावि लेलेपमा चन्द्रमणि लिम्बुलाई केन्द्राध्यक्ष तोकिएको छ ।

जिल्लामा कुनैपनि अपाङ्गता भएका व्यक्ति एसईईमा परिक्षा दिने नरहेको समेत शिक्षा समन्वय एकाईले जनाएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने तोकिएको छ । परीक्षामा सहभागी हुन देशभरबाट ४ लाख ८९ हजार विद्यार्थीले आवेदन दिएका छन् ।

प्रकाशित मिति : 12:59 am

दशौँ राष्ट्रिय खेलकुदका लागि ताप्लेजुङबाट ३२ विधामा खेलाडी छनोट हुने, नाम दर्ता गराउन आह्वान

ताप्लेजुङ, असोज १५ गते । ताप्लेजुङबाट दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका

कांग्रेस ताप्लेजुङ ‘क’ को सभापतिमा खिम्दिङ विजयी

ताप्लेजुङ, असोज १५ गते । नेपाली कांग्रेस ताप्लेजुङको प्रदेशसभा निर्वाचन

शैक्षिक उन्नतिका लागि मयाम माध्यमिक विद्यालयमा २ लाखको अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १४ गते । पूर्व विद्यार्थी तथा समाजसेवी व्यक्तिहरूले

फुङ्लिङ नगरपालिकाद्धारा राष्ट्रिय खेलकुदको तयारीका लागि टेबल टेनिस बोर्ड हस्तान्तरण

ताप्लेजुङ, असोज १४ गते । जिल्ला खेलकुद विकास समिति ताप्लेजुङलाई

दसैँ–तिहारलाई लक्षित गर्दै फुङलिङ बजार शुक्रबार पनि खुला हुने

ताप्लेजुङ, असोज १४ गते । साप्ताहिक रूपमा शुक्रबार बन्द हुँदै