कोशी प्रदेश प्रहरीद्धारा “दुर्व्यसन विरुद्ध आमाहरु” कार्यक्रमको सुरु



विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले “दुर्व्यसन विरुद्ध आमाहरु” कार्यक्रमको शुभारम्भ गरेको छ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङ र बेलबारी नगरपालिकाकी उप–प्रमुख नितु थापा कोईरालाले आज (बुधबार) “दुर्व्यसन विरुद्ध आमाहरु” कार्यक्रमको औपचारिकरुपमा शुभारम्भ गरेका हुन् ।

डीआइजी खापुङले सुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै लागुऔषध दुर्व्यसन नियन्त्रणलाई लक्षित गरेर “दुर्व्यसन विरुद्ध आमाहरु” कार्यक्रमको शुभारम्भ गरेको बताए । वालबालिकाहरुसंग आमाहरुले वढी समय दिनुका साथै उनिहरुको वानी व्यवहार समेत जानकारी राख्ने भएको हुँदा आफ्नो छोराछोरी लागुऔषधको कुलतमा फसे नफसेको तथा वानी व्यहोरामा आएको परिवर्तन आमाहरुले सहजै महसुस गर्ने भएकोले आमाहरुलाई लक्षित गरी यो कार्यक्रमको थालनी गरिएको उनको भनाई थियो ।

लागूऔषध दुव्र्यसनीबाट हुने अपराध न्यूनिकरणमा सहयोग पुग्ने र जनचेतनामा अभिवृद्धि भई सुरक्षित समाजको निर्माणमा टेवा पुग्ने उनले बताए । बेलबारी नगरपालिकाकी उप–प्रमुख नितु थापा कोईरालाले नेपाल प्रहरीले युवाहरुलाई लागुऔषधको कुलतबाट जोगाउन शुभारम्भ गरेको “दुर्व्यसन विरुद्ध आमाहरु” कार्यक्रममा स्थानिय तहको सदैव साथ र सहयोग रहने प्रतिवद्धता जनाए । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव उपरीक्षक सुनिल दाहालले लागुऔषध दुर्वसनी विरुद्धको सचेतना सम्वन्धि प्रस्तुतिकरण गरेका थिए ।

यो अभियान आजैबाट कोशी प्रदेशका १४ वटै जिल्लाहरुमा लागु गरिने प्रदेश प्रहरी कार्यालयले जनाएको छ । स्थानिय स्कुल कलेजका विधार्थी, श्रमिक वर्गका बाहुल्यता भएको स्थान, यातायात क्षेत्रका श्रमिक भएका बस्तीका वासिन्दा, लागू औषध सेवन कर्ता, अन्तराष्ट्रिय सिमानासँग जोडिएका बस्तीका वासिन्दाहरु, लागुऔषध प्रभावित स्थानिय तहहरूमा नेपाल प्रहरीले स्थानिय निकायका बिभिन्न संघ संस्थाहरुसंग समन्वय र सहकार्य गरी निरन्तररुपमा संचालन गर्ने समेत जनाएको छ ।

प्रकाशित मिति : 1:05 pm

घुन्सा हेलिकोप्टर दुर्घटनाको दुई दशक : संरक्षणकर्मीको योगदान स्मरण

ताप्लेजुङ, असोज ७ गते । वातावरण तथा भू–संरक्षण क्षेत्रमा योगदान

भारी वर्षाको सम्भावना भएको भन्दै पाथीभरा याङवरकद्धारा सतर्क रहन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले आगामी

ताप्लेजुङमा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङमा तीन दिन उच्च सतर्कता

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप