ताप्लेजुङको डिचेन डोङ्गाला स्मारका आँखा उपचार केन्द्रमा निशुल्क आँखा शिविर सञ्चालन हुँदै 



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । ताप्लेजुङको डिचेन डोङ्गाला स्मारका आँखा उपचार केन्द्रमा निशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । नेपाल नेत्र ज्योति संघ ताप्लेजुङको आयोजनामा मेची आँखा अस्पताल बिर्तामोड झापा र मातृका आई केयर काठमाडौंको प्राविधिक सहयोगमा चैत्र २० र २१ गते २ दिन निशुल्क आँखा शिविर सञ्चालन हुने भएको हो । 

डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इन्चार्ज काजी गुरुङका अनुसार आँखाको लेजर सर्जरी गर्ने नेपालका कम मध्ये एक अब्बल विशेषज्ञ रिफ्रेक्टिभ सर्जन डा किशोरराज प्रधानको प्रत्यक्ष संलग्नता शिविर सञ्चालन हुने छ । 

शिविरमा मोति विन्दुको शल्यक्रिया गरिनुका साथै आँखाका बिरामी भएको सम्पूर्णको जाँच तथा उपचार गरिने इन्चार्ज गुरुङले बताउनुभयो । शिविरमा नाम दर्ता बापत ६० रुपैयाँ लाग्ने छ । 

यस्तै आँखा परीक्षणको क्रममा ४० वर्ष भन्दा माथि उमेर समुहको सेवाग्राहीलाई पढ्ने चश्मा र औषधी निशुल्क वितरण गरिने छ भने, शल्यक्रिया गरेका बिरामीले खाने बस्ने व्यवस्था आफै गर्नु पर्ने पनि इन्चार्ज गुरुङले जानकारी दिनुभएको छ । 

प्रकाशित मिति : 1:16 am

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन