ताप्लेजुङको डिचेन डोङ्गाला स्मारका आँखा उपचार केन्द्रमा निशुल्क आँखा शिविर सञ्चालन हुँदै 



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । ताप्लेजुङको डिचेन डोङ्गाला स्मारका आँखा उपचार केन्द्रमा निशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । नेपाल नेत्र ज्योति संघ ताप्लेजुङको आयोजनामा मेची आँखा अस्पताल बिर्तामोड झापा र मातृका आई केयर काठमाडौंको प्राविधिक सहयोगमा चैत्र २० र २१ गते २ दिन निशुल्क आँखा शिविर सञ्चालन हुने भएको हो । 

डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इन्चार्ज काजी गुरुङका अनुसार आँखाको लेजर सर्जरी गर्ने नेपालका कम मध्ये एक अब्बल विशेषज्ञ रिफ्रेक्टिभ सर्जन डा किशोरराज प्रधानको प्रत्यक्ष संलग्नता शिविर सञ्चालन हुने छ । 

शिविरमा मोति विन्दुको शल्यक्रिया गरिनुका साथै आँखाका बिरामी भएको सम्पूर्णको जाँच तथा उपचार गरिने इन्चार्ज गुरुङले बताउनुभयो । शिविरमा नाम दर्ता बापत ६० रुपैयाँ लाग्ने छ । 

यस्तै आँखा परीक्षणको क्रममा ४० वर्ष भन्दा माथि उमेर समुहको सेवाग्राहीलाई पढ्ने चश्मा र औषधी निशुल्क वितरण गरिने छ भने, शल्यक्रिया गरेका बिरामीले खाने बस्ने व्यवस्था आफै गर्नु पर्ने पनि इन्चार्ज गुरुङले जानकारी दिनुभएको छ । 

प्रकाशित मिति : 1:16 am

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो