ताप्लेजुङका ४ परीक्षा केन्द्रमा एसईई परीक्षामा सहायक केन्द्राध्यक्ष नहुने



ताप्लेजुङ । चैत १५ गते देखि हुने माध्यमिक शिक्षा परीक्षाका लागि ताप्लेजुङका १७ वटा केन्द्रमध्ये ४ वटा केन्द्रमा सहायक केन्द्राध्यक्ष नहुने भएका छन् ।

७५ भन्दा कम परीक्षार्थी रहेका केन्द्रहरूमा सहायक केन्द्राध्यक्ष राख्न नपाउने नियम रहेको शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङले जनाएको छ । सिवा माध्यमिक विद्यालय लिङखिम, सिद्वकाली माध्यमिक विद्यालय दोखु, गणेश माध्यमिक विद्यालय खेवाङ र सरस्वती माध्यमिक विद्यालय तापेथोकमा सहायक केन्द्राध्यक्ष नहुने शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईले जानकारी दिनुभयो । 

अन्य १३ वटा परीक्षा केन्द्रमा भने एक–एकजना सहायक केन्द्राध्यक्ष रहने छन् । अघिल्लो वर्षको परीक्षामा विद्यार्थी सङ्ख्याको आधारमा एकभन्दा बढी सहायक केन्द्राध्यक्ष समेत रहने व्यवस्था भएकोमा यस वर्ष ७५ भन्दा कम परीक्षार्थी केन्द्रमा भएको परीक्षा केन्द्रमा सहायक केन्द्राध्यक्ष नहुने र ७५ भन्दा जति नै बढी परीक्षार्थी भएपनि एकजना सहायक केन्द्राध्यक्ष नियुक्त गर्न पाउने गरी व्यवस्था भई आएको समेत भट्टराईले जानकारी दिनुभयो । 

उहाँका अनुसार जिल्लाभरका १७ वटा परीक्षा केन्द्रमा ९० जना निरीक्षक खटिने भएका छन् । उहाँका अनुसार २० परीक्षार्थी बराबर एकजना निरीक्षक राख्न पाउने व्यवस्था रहेको छ । ताप्लेजुङबाट यस वर्ष नियमित तर्फका १ हजार ६ सय ९५, ग्रेडबृद्धितर्फका ६९ र प्राविधिक धारतर्फका १ सय २६ गरी कूल १ हजार ८ सय ९० विद्यार्थीले परीक्षा लेख्दै छन् । eujyalopost.com

प्रकाशित मिति : 2:07 pm

तोक्मेडाँडामा यात्रु सहायता कक्ष सञ्चालन

ताप्लेजुङ, असोज १६ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–४ तोक्मेडाँडामा यात्रुको

कांग्रेस महाधिवेशनका लागि ताप्लेजुङबाट ३२ प्रतिनिधि चयन

ताप्लेजुङ, असोज १७ गते । नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशनका

छैटौँ सिरिजङ्गा गोल्डकप मंसिर २३ देखि

ताप्लेजुङ, असोज १६ गते। ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–४ तेल्लोकमा छैटौँ संस्करणको

अरिङ्गाल झार्ने क्रममा लडेर एक जनाको मृत्यु

ताप्लेजुङ, असोज १५ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–१ का एक

दशौँ राष्ट्रिय खेलकुदका लागि ताप्लेजुङबाट ३२ विधामा खेलाडी छनोट हुने, नाम दर्ता गराउन आह्वान

ताप्लेजुङ, असोज १५ गते । ताप्लेजुङबाट दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका