ताप्लेजुङका ४ परीक्षा केन्द्रमा एसईई परीक्षामा सहायक केन्द्राध्यक्ष नहुने



ताप्लेजुङ । चैत १५ गते देखि हुने माध्यमिक शिक्षा परीक्षाका लागि ताप्लेजुङका १७ वटा केन्द्रमध्ये ४ वटा केन्द्रमा सहायक केन्द्राध्यक्ष नहुने भएका छन् ।

७५ भन्दा कम परीक्षार्थी रहेका केन्द्रहरूमा सहायक केन्द्राध्यक्ष राख्न नपाउने नियम रहेको शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङले जनाएको छ । सिवा माध्यमिक विद्यालय लिङखिम, सिद्वकाली माध्यमिक विद्यालय दोखु, गणेश माध्यमिक विद्यालय खेवाङ र सरस्वती माध्यमिक विद्यालय तापेथोकमा सहायक केन्द्राध्यक्ष नहुने शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईले जानकारी दिनुभयो । 

अन्य १३ वटा परीक्षा केन्द्रमा भने एक–एकजना सहायक केन्द्राध्यक्ष रहने छन् । अघिल्लो वर्षको परीक्षामा विद्यार्थी सङ्ख्याको आधारमा एकभन्दा बढी सहायक केन्द्राध्यक्ष समेत रहने व्यवस्था भएकोमा यस वर्ष ७५ भन्दा कम परीक्षार्थी केन्द्रमा भएको परीक्षा केन्द्रमा सहायक केन्द्राध्यक्ष नहुने र ७५ भन्दा जति नै बढी परीक्षार्थी भएपनि एकजना सहायक केन्द्राध्यक्ष नियुक्त गर्न पाउने गरी व्यवस्था भई आएको समेत भट्टराईले जानकारी दिनुभयो । 

उहाँका अनुसार जिल्लाभरका १७ वटा परीक्षा केन्द्रमा ९० जना निरीक्षक खटिने भएका छन् । उहाँका अनुसार २० परीक्षार्थी बराबर एकजना निरीक्षक राख्न पाउने व्यवस्था रहेको छ । ताप्लेजुङबाट यस वर्ष नियमित तर्फका १ हजार ६ सय ९५, ग्रेडबृद्धितर्फका ६९ र प्राविधिक धारतर्फका १ सय २६ गरी कूल १ हजार ८ सय ९० विद्यार्थीले परीक्षा लेख्दै छन् । eujyalopost.com

प्रकाशित मिति : 2:07 pm

प्रथम शहिद कप माघ १६ गतेदेखी हुने

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा प्रथम सहिद कप हुने भएको

वरकदेन गोल्ड कपको उपाधि हाङपाङलाई 

ताप्लेजुङ, माघ ८ गते । तेस्रो वरकदेन गोल्ड कपको उपाधि

ताप्लेजुङमा १३ दलको उम्मेद्वारी दर्ता (फोटोफिचर)

साहारा लिम्बू ताप्लेजु, माघ ६ गते । आगामी फागुन २१ गते

प्रथम मागेमेला गोल्ड कपको उपाधि आयोजकलाई 

ताप्लेजुङ, माघ ६ गते । प्रथम मागेमेला गोल्ड कपको उपाधि

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको