पारिवारीक निजी वन संघको अध्यक्षमा पुन इन्द्र बहादुर गुरुङ



ताप्लेजुङ । पारिवारीक निजी वन संघको अध्यक्षमा पुन इन्द्र बहादुर गुरुङ चयन हुनु भएको छ । आज पाथिभरा होटलको सभाहलमा सम्पन्न भएको दोस्रो अधिवेशनले गुरुङको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो । 

संघको नयाँ कार्यसमितिको उपाध्यक्षमा तोयानाथ गौतम, सचिवमा बसन्त पालुङवा, सहसचिवमा माला पालुङ्वा र कोषाध्यक्षमा गणेश कुमार श्रेष्ठ चयन हुनुभएको छ । यस्तै सदस्यहरूमा गंगा लिङखिम, मोहन निरौला, बेदनिधी पौडेल, संगिता कार्की, गायत्री भण्डारी सुवास घिसिङ, हर्क बहादुर गुरुङ, विष्णु माया गुरुङ, दिनेश अधिकारी, र भद्रवीर रेग्मी चयन हुनु भएको छ । 

कार्यक्रमका प्रमुख अतिथि तथा पारिवारिक निजी वन संघ नेपाल कोशी प्रदेश समितिका सदस्य यिगेन्द्रकुमार गुरुङले नवनिर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यहरूलाई शपथग्रहण गराउनु भएको छ ।

ताप्लेजुङमा पारिवारिक निजी वन संघ नेपाल २०७४ सालमा स्थापना भएको हो । 

प्रकाशित मिति : 10:56 am

फुङ्लिङमा महागुरु फाल्गुनन्दको जन्मजयन्ती मनाइने

ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङको फुङ्लिङमा राष्ट्रिय विभूति महागुरु

घरको रेलिङबाट लडेर एक जना घाइते

ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–६ मा घरको

ताप्लेजुङदेखि काठमाडौंका लागि हिँडेको बस नावा खोलामा फस्यो, सबै यात्रुको उद्धार

ताप्लेजुङ, कात्तिक १३ गते । तमोर करिडोरअन्तर्गत पाँचथर र धनकुटाको

प्रतिकूल मौसमबाट सतर्क रहन फक्ताङ्लुङको पर्यटक र नागरिकलाई आग्रह

ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले प्रतिकूल मौसमका

पाथीभरा याङ्वरकमा सम्पन्न आमन्त्रित खुला क्लबस्तरीय पुरुष फुटबलको उपाधि दरिम्बालाई

ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा सम्पन्न