पारिवारीक निजी वन संघको अध्यक्षमा पुन इन्द्र बहादुर गुरुङ



ताप्लेजुङ । पारिवारीक निजी वन संघको अध्यक्षमा पुन इन्द्र बहादुर गुरुङ चयन हुनु भएको छ । आज पाथिभरा होटलको सभाहलमा सम्पन्न भएको दोस्रो अधिवेशनले गुरुङको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो । 

संघको नयाँ कार्यसमितिको उपाध्यक्षमा तोयानाथ गौतम, सचिवमा बसन्त पालुङवा, सहसचिवमा माला पालुङ्वा र कोषाध्यक्षमा गणेश कुमार श्रेष्ठ चयन हुनुभएको छ । यस्तै सदस्यहरूमा गंगा लिङखिम, मोहन निरौला, बेदनिधी पौडेल, संगिता कार्की, गायत्री भण्डारी सुवास घिसिङ, हर्क बहादुर गुरुङ, विष्णु माया गुरुङ, दिनेश अधिकारी, र भद्रवीर रेग्मी चयन हुनु भएको छ । 

कार्यक्रमका प्रमुख अतिथि तथा पारिवारिक निजी वन संघ नेपाल कोशी प्रदेश समितिका सदस्य यिगेन्द्रकुमार गुरुङले नवनिर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यहरूलाई शपथग्रहण गराउनु भएको छ ।

ताप्लेजुङमा पारिवारिक निजी वन संघ नेपाल २०७४ सालमा स्थापना भएको हो । 

प्रकाशित मिति : 10:56 am

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई

फुङलिङका १४ माछा तथा मासु पसलमा अनुगमन

ताप्लेजुङ, असोज २७ गते । उपभोक्तालाई स्वच्छ, सुरक्षित र गुणस्तरीय

घरेलुले ताप्लेजुङमा ग्राफिक डिजाइन सम्बन्धी सीप विकास तालिम सञ्चालन गर्ने

ताप्लेजुङ, असोज २७ गते । घरेलु तथा साना उद्योग कार्यालय