ताप्लेजुङको उच्च हिमाली भेगमा हिमपात



ताप्लेजुङ । मङ्गलबार रातिदेखि सुरु भएको वर्षासँगै ताप्लेजुङको उच्च हिमाली भेगमा हिमपात भएको छ । उच्च हिमाली भेगअन्तर्गत रहेको बस्ती फक्ताङ्लुङ गाउँपालिका –६ लेलेपको घुन्सा, फले र वडा ७ ओलाङ्चुङगोलासहित क्षेत्रमा हिमपात भएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीका अनुसार घुन्सामा आधा फिटभन्दा कम अर्थात् चार इन्च जति हिउँ परेको छ । उहाँले फले, याङ्मा र ओलाङ्चुङगोला बस्तीसम्म नै सामान्य हिमपात भएको जानकारी दिनुभयो । हिमाली भेगका बस्तीमा बुधबार अपरान्हदेखि हिमपात सुरु भएको स्थानीयले बताएका छन् ।

फलेका स्थानीय फुटी शेर्पाका अनुसार अपरान्हदेखि सुरु भएको हिमपात साँझसम्म नै जारी रहेको छ । बस्तीसम्म नै सामान्य हिउँ परेपछि चिसो निकै बढेको शेर्पाले बताउनुभयो । उहाँकाअनुसार बस्तीनजिक माथिल्लो भेगका डाँडाहरुमा सेताम्मे हिउँ परेको छ । ओलाङ्चुङगोलाका दावाफुटी शेर्पाले पनि गोला बस्तीसम्म नै वर्षासँगै सामान्य हिउँ परेको जानकारी दिनुभयो । वर्षा र हिमपात भएपछि चिसो बढेको शेर्पाको भनाइ छ ।

ओलाङ्चुङगोलाकै अर्को हिमाली बस्ती याङ्मा पनि हिउँ परेको स्थानीय ताम्लिङ शेर्पाले बताउनुभयो । याङ्मा चार हजार २०० मिटर उचाइ भएको जिल्लाकै उच्च हिमाली बस्ती पनि हो । याङ्माबाहेक ओलाङ्चुङगोला, घुन्सा र फलेबस्ती पनि तीन हजार २०० मिटरभन्दा बढी उचाइ रहेको हिमाली बस्तीहरु हुन् ।

यस्तै, तीन हजार ७९४ मिटर उचाइ रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरामा पनि बाक्लो हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिनुभयो । उच्च हिमाली भेगमा हिमापत भएपछि सदरमुकाम फुङ्लिङ बजारसहित जिल्लामा तुलनात्मक रुपमा चिसो निकै बढेको छ ।

यता सामान्य पानी पर्नेक्रम जारी रहेकाले थप हिमपात हुने सम्भावना रहेको स्थानीय बताउँछन् । ताप्लेजुङमा बुधबार ८.५ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान फिल्ड कार्यालयले जानकारी दिएको छ । gorkhapatraonline.com

प्रकाशित मिति : 2:16 am

निशुल्क अनलाईन कक्षा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सुरु

रेडियो काबेलीताप्लेजुङमा । ताप्लेजुङमा निशुल्क अनलाईन कक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम

पश्चिमी वायुको प्रभाव-देशका अधिकांश पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका अधिकांश

मतदाता नामावलीमा १ लाखभन्दा बढी थपिए, जेन जीको सहभागिता अपेक्षा भन्दा न्यून

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिकको काम जारी राखेको

देउसी भैलोबाट संकलित रकमबाट प्रहरीले किन्यो मोटरसाइकल

पोखरा । पोखराको लेकसाइडस्थित वडा प्रहरी कार्यालय बैदामले तिहारमा खेलेको

काँकरभिट्टा नाकाबाट तीन अर्ब ३६ करोड बराबरको कृषिजन्य वस्तु निर्यात

काठमाडौं । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय