ताप्लेजुङको पाथीभरा क्षेत्रको वस्ति उठाइदिने नगर प्रमुख मादेनको चेतावनी



ताप्लेजुङ । फुङलिङ नगरपालिका प्रमुख अमिर मादेनले ताप्लेजुङको पाथीभरा क्षेत्रको वस्ति उठाइदिने चेतावनी दिएका छन । सामुदायिक वनको जग्गा ओगटेर वसेकाहरुलाई नगरपालिकाले हटाउन सक्ने र हटाउने उनले वताएका हुन ।

पाथीभरा क्षेत्र विकास समितिद्धारा आयोजित प्रगती प्रतिवेदन सार्वजनीक कार्यक्रममा सामुदायिक वनको जग्गामा वसेर, रुख दाउरा काटेर वन विनास गरेको, सरकारको निर्णय विपरितका गतिविधि गरेको भन्दै मादेनले वस्ति उठाउने चेतावनी दिए । ‘गृह मन्त्रालयले पनि अहिले सार्वजनीक जग्गा खाली गराउनु भनेको छ,’ मादेनले थपे, ‘फुङलिङ नगरपालिकाले त्यो वस्ति उठाउने निर्णय गर्न सक्छ र गर्छ ।’

सार्वजनीक बस्तिमा बसेकाहरुलाई नगरपालिकाले मंगलवार छलफलकालागि बोलाएको तर नआएको भन्दै उनले रोस प्रकट गरे । पाथीभरा क्षेत्रमा सामुदायिक वनको जग्गामा ४० परिवार वसोवास गर्दै आएको उल्लेख छ । पाथीभरा क्षेत्रमा बन्ने केवलकार निर्माणको बिरोध गरेकाहरुलाई पाथीभरा क्षेत्रका वासिन्दाले सहयोग पुर्याएको उनको आरोप छ ।

केवलकार निर्माणको निर्णय सरकारले गरेको र सरकारको निर्णयको विरोध गर्नेलाई कारवाही गर्ने उनको चेतावनी छ । केवलकार निर्माणको विरोधगर्ने कर्मचारीलाई समेत अवकास गर्ने उनले चेतावनी दिए । ‘को कर्मचारी के गर्दैछ हामीलाई थाहा छ, सरकारले गरेको निर्णय विपरित लागे जागीरवाट बर्खास्त हुन्छ’ उनले भने ।

तिर्थयात्री बोक्नेहरुले अव क्षेत्र विकास समितिस“ग परिचय पत्र लिनुपर्ने भएको छ । यसअघि होटल ब्यवसायि संघ मार्फत परिचय पत्र लिएकाहरुको परिचयपत्र नविकरण नभएकाले नविकरणकालागि नया प्रकृया अपनाइने पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजीन हाङवाङले जानकारी दिए । क्षेत्र विकास समितिका पदाधिकारी तथा सबैजसो कर्मचारी सहभागी कार्यक्रममा तिर्थयात्रीको सेवा तथा सुविधाको विषयमा पनि छलफल भएको थियो । निर्देशक हाङवाङले प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए ।

तिर्थयात्रीको सुविधा, वनाउनु पर्ने संरचना र भइरहेको कामका विषयमा जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, सहायक प्रमुख जिल्ला अधिकारी टंक भट्टराई लगायतले वोलेका थिएभनें क्षेत्र विकास समिति अध्यक्ष रक्की थेवे, निर्देशक हाङवाङ लगायतका सदस्यले कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए । radiotaplejung.com.np

प्रकाशित मिति : 1:09 pm

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ