सुन प्रकरणमा जोडिएका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ



काठमाण्डौं । सुन प्रकरणमा जोडिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् ।

महरालाई बिहान कपिलवस्तुबाट पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता भिम प्रसाद ढकालले उज्यालोलाई जानकारी दिनुभयो । महरालाई कपिलवस्तुबाट काठमाण्डौ ल्याईंदैछ ।

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले सुन तस्करी प्रकरणमा महरा दोषी रहेको भन्दै मुद्दा चलाउन सिफारिस गरेको थियो ।

आयोगको सिफारिस अनुसार महरालाई कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो । महराका छोरा राहुल विद्युतीय चुरोट ९भेप०मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

भेप प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले राहुलबिरुद्ध ‘संगठित तस्करी’ गरेको आरोपमा अनुसन्धान गरेको थियो ।

प्रकाशित मिति : 5:28 am

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी