मध्य फावाखोला विद्युत सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुन श्रेष्ठ



ताप्लेजुङ । मध्य फावाखोला विद्युत सहकारी संस्था लिमिटेड ताप्लेजुङको अध्यक्षमा पुन अम्बर कुमार श्रेष्ठ चयन हुनु भएको छ । शुक्रबार सम्पन्न भएको १०औं वार्षिक साधारण सभा तथा चौथो जिल्ला अधिवेशनबाट श्रेष्ठ पुन अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको हो । 

निर्वाचन समितिका संयोजक अधिवक्ता धन बहादुर थापाका अनुसार श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति निर्विरोध चयन गरिएको हो । समितिको उपाध्यक्षमा धर्म प्रसाद पौडेल, सचिव मदन कृष्ण दाहाल, कोषाध्यक्ष शिला इजम चयन हुनु भएको छ । 

यस्तै सदस्यहरूमा गजेन्द्र प्रसाद तुम्याहाङ, खिनुमाया इजम, अनन्त मणी भट्टराई, राधाकृष्ण पौडेल, छत्र बहादुर विश्वकर्मा, बालकुमारी भट्टराई, चन्द्रा गुरागाँई बराल र केदारनाथ पौडेल रहनु भएको छ । अधिवक्ता थापाका अनुसार लेखा समिति संयोजकमा भेषराज पौडेल निर्विरोध छनोट हुनु भएको छ । 

समितिको कार्यकाल आगामी ४ वर्षसम्म रहने छ । संस्थामा जिल्लाका ४ सय ५१ जना सेयर सदस्यहरू रहेका छन् । 

प्रकाशित मिति : 2:03 pm

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई

फुङलिङका १४ माछा तथा मासु पसलमा अनुगमन

ताप्लेजुङ, असोज २७ गते । उपभोक्तालाई स्वच्छ, सुरक्षित र गुणस्तरीय

घरेलुले ताप्लेजुङमा ग्राफिक डिजाइन सम्बन्धी सीप विकास तालिम सञ्चालन गर्ने

ताप्लेजुङ, असोज २७ गते । घरेलु तथा साना उद्योग कार्यालय

ताप्लेजुङमा एकैदिन ७८ क्विन्टल बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज २७ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी