मध्य फावाखोला विद्युत सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुन श्रेष्ठ



ताप्लेजुङ । मध्य फावाखोला विद्युत सहकारी संस्था लिमिटेड ताप्लेजुङको अध्यक्षमा पुन अम्बर कुमार श्रेष्ठ चयन हुनु भएको छ । शुक्रबार सम्पन्न भएको १०औं वार्षिक साधारण सभा तथा चौथो जिल्ला अधिवेशनबाट श्रेष्ठ पुन अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको हो । 

निर्वाचन समितिका संयोजक अधिवक्ता धन बहादुर थापाका अनुसार श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति निर्विरोध चयन गरिएको हो । समितिको उपाध्यक्षमा धर्म प्रसाद पौडेल, सचिव मदन कृष्ण दाहाल, कोषाध्यक्ष शिला इजम चयन हुनु भएको छ । 

यस्तै सदस्यहरूमा गजेन्द्र प्रसाद तुम्याहाङ, खिनुमाया इजम, अनन्त मणी भट्टराई, राधाकृष्ण पौडेल, छत्र बहादुर विश्वकर्मा, बालकुमारी भट्टराई, चन्द्रा गुरागाँई बराल र केदारनाथ पौडेल रहनु भएको छ । अधिवक्ता थापाका अनुसार लेखा समिति संयोजकमा भेषराज पौडेल निर्विरोध छनोट हुनु भएको छ । 

समितिको कार्यकाल आगामी ४ वर्षसम्म रहने छ । संस्थामा जिल्लाका ४ सय ५१ जना सेयर सदस्यहरू रहेका छन् । 

प्रकाशित मिति : 2:03 pm

फुङ्लिङमा महागुरु फाल्गुनन्दको जन्मजयन्ती मनाइने

ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङको फुङ्लिङमा राष्ट्रिय विभूति महागुरु

घरको रेलिङबाट लडेर एक जना घाइते

ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–६ मा घरको

ताप्लेजुङदेखि काठमाडौंका लागि हिँडेको बस नावा खोलामा फस्यो, सबै यात्रुको उद्धार

ताप्लेजुङ, कात्तिक १३ गते । तमोर करिडोरअन्तर्गत पाँचथर र धनकुटाको

प्रतिकूल मौसमबाट सतर्क रहन फक्ताङ्लुङको पर्यटक र नागरिकलाई आग्रह

ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले प्रतिकूल मौसमका

पाथीभरा याङ्वरकमा सम्पन्न आमन्त्रित खुला क्लबस्तरीय पुरुष फुटबलको उपाधि दरिम्बालाई

ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा सम्पन्न