मेरिङ्देनले सम्मान गर्‍यो दोश्रो उपमेयर रनिङ कपको विजेतालाई



ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले खेलकुद प्रतियोगितामा विजयी बनेका खेलाडीलाई सम्मान गरेको छ । गाउँपालिकाले मंगलबार एक कार्यक्रमको आयोजना गरी विभिन्न खेलकुद गतिविधिमा सहभागी भई उपाधि जित्न साथै विजयी हुन सफल खेलाडी सहितको टोलीलाई सम्मान गरेको हो ।

गाउँपालिका अध्यक्ष युकहाङबीर हाङगाम (डम्बर) का अनुसार फुङ्लिङ नगरपालिकाले आयोजना गरेको उपमेयर रनिङ कप महिला फुटबल प्रतियोगितामा सहभागी भई उपाधि जित्न सफल खेलाडीलाई सम्मान गरिएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नगरपालिकाले आयोजना गरेको उक्त प्रतियोगितामा प्रथम अर्थात उपाधि जित्न सफल महिला खेलाडी, टोली व्यवस्थापक र प्रशिक्षकसमेतलाई सम्मान गरिएको अध्यक्ष हाङगामले जानकारी दिनुभयो ।

जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको जिल्लास्तरीय १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मेरिङ्देन गाउँपालिकाको तर्फबाट सहभागी भई विभिन्न पदक जित्न सफल खेलाडीलाई पनि गाउँपालिकाले सम्मान गरेको छ । विजयी खेलाडी र व्यवस्थापकीय टोलीका नेतृत्वलाई प्रशंसा तथा कदरपत्रद्वारा सम्मान गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रत्नेश्वरप्रसाद साहले जानकारी दिनुभयो ।

यता खेलाडी तथा व्यवस्थापकीय टोली नेतृत्वलाई सम्मान गर्दै गाउँपालिकाले आगामी दिनमा खेलकुद जगतको विकासका लागि आवश्यक नीति निर्माण गरी थप पहलकदमी लिने पनि प्रतिवद्धता जनाएको छ । सम्मान कार्यक्रममा गाउँपालिकाका पदाधिकारीसहितका जनप्रतिनिधि, गाउँपालिकामा कार्यरत कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।eujyalopost.com

प्रकाशित मिति : 1:22 am

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा