ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा बृहत स्वास्थ्य शिविर सुरु



ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा बृहत स्वास्थ्य शिविर सुरु भएको छ । गाउँपालिकाको प्रशासकीय केन्द्र रहेको तापेथोकमा मंगलबारदेखि विशेषज्ञ चिकित्सकको सहभागितामा तीन दिने निःशुल्क बृहत स्वास्थ्य शिविर सुरु भएको हो ।

एक एक पाइला नामक संस्था र गाउँपालिकाको समन्वयमा स्वास्थ्य शिविर सुरु भएको गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले जानकारी दिनुभयो । अध्यक्ष लिम्बूका अनुसार शिविरको पहिलो दिन उल्लेख्य सेवाग्राहीले सहभागिता जनाएका छन् ।

शिविरमा विशेषज्ञ चिकित्सकहरुको सहभागितामा जेनेरल मेडिसिन, छाला रोगसम्बन्धी सेवा, नाक, कान, घाँटी, दाँत रोग, स्त्री तथा प्रसूति, कलेजो, हाडजोर्नी, बाल रोगसम्बन्धी लगायतका उपचार सेवा प्रवाह गरिँदै आएको छ । यसैगरी प्याथालोजी, रेडियोलोजी, इन्डोसकोपी, सामान्य शल्यक्रियाजस्ता सेवाहरु प्रवाह गर्नेगरी शिविर सुरु भएको गाउँपालिकाले जनाएको छ ।

स्वास्थ्य शिविर बिहीबार सम्पन्न हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन तेम्बेले जानकारी दिनुभयो । फक्ताङ्लुङ गाउँपालिका जिल्लाकै दुर्गम तथा विकट भू–बनावट भएको स्थानीय तह हो । यसअघि वरिष्ठ नेत्ररोग विशेषज्ञ डा। सन्दुक रुइतको प्रत्यक्ष संलग्नतामा फक्ताङ्लुङ गाउँपालिकाले निःशुल्क शल्यक्रियासहितको आँखा शिविर सञ्चालन गरेको थियो । eujyalopost.com

प्रकाशित मिति : 1:11 am

आज यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

ताप्लेजुङ, पुस १२ गते । देशभर पश्चिमी वायुको आंशिक प्रभाव

प्रतिनीधि सभा चुनाव : ताप्लेजुङमा ९० हजार ३ सय २७ मतदाता कायम

रेडियो काबेलीताप्लेजुङ । आगामी फाल्गुण २१ गते हुने प्रतिनीधि सभा

२०५५ को भानुजन माविको एसएलसी व्याचद्धारा फुङलिङ आधारभुत विद्यालयका विधार्थीलाई न्यानो कपडा वितरण

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकामा–३ मा अवस्थित फुङलिङ आधारभुत

तमोर–मेवा जलविद्युत् आयोजनाको निर्माण कार्य २२ प्रतिशत 

ताप्लेजुङ, पुस १३ गते । ताप्लेजुङमा उत्पादन गर्न लागिएको तमोर–मेवा

भन्ज्याङ बजारका आगलागी पीडितलाई नेपाली कम्युनिष्ट पार्टीको आर्थिक सहयोग 

सौगात विष्टताप्लेजुङ, पुस १३ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ भन्ज्याङ