दोश्रो उपमेयर रनिङ कपको उपाधि मेरिङदेन गाउँपालिकालाई



ताप्लेजुङ । ताप्लेजुङमा सम्पन्न दोश्रो उपमेयर रनिङ कपको उपाधि मेरिङदेन गाउँपालिकाले चुमेको छ । सोमबार भएको फाइनल खेलमा आयोजक फुङलिङ नगरपालिकालाई २–१ गोलअन्तरले पराजित गर्दै मेरिङदेन गाउँपालिकाले उपाधि हात पार्न सफल भएको हो । 

१ सय १४ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आयोजित अन्तर पालिका स्तरीय दोश्रो उपमेयर रनिङ कपमा आयोजकलाई स्तब्ध पार्दै मेरिङदेन च्याम्पियन बनेको छ । खेलको पहिलो हाफमा दुवै समुहले पेनाल्टीमार्फत गोल गर्दै १–१ को बराबरी बनाएको थिए । खेलको दोश्रो हाफमा आयोजकले सामान्य गोललाई समेत रक्षा गर्न नसक्दा हार ब्यहोर्नु बाध्य भएको हो । 

सेमिफाइनलमा पाथीभरा याङवरकलाई ९–० को फराकिलो गोलअन्तरले र आठराई त्रिवेणीलाई ट्राइबेकरमा ३–२ गोलअन्तरले पराजित गर्दै क्रमश फुङलिङ नगरपालिका र मेरिङदेन गाउँपालिकाले फाइनलमा भेट पक्का गरेका हुन् । प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय र उपविजेताले ५५ हजार ५ सय रुपैयाँ सहित रनिङ कप, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । 

त्यस्तै सेमिफाइनलबाट बाहिरिएको टीम आठराई त्रिवेणी र पाथीभरा याङवरक गाउँपालिकालाई समान ९–९ हजार रुपैयाँ प्रदान गरिएको पालिकाले जनाएको छ । गत फागुन २५ गते कोशी प्रदेश सभाका सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री निर्मला तावाको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको खेल कोशी प्रदेश सदस्य खगेन सिं हाङगामको प्रमुख आतिथ्यतामा समापन भएको छ । प्रतियोगितामा आयोजक सहित ७ ओटा पालिकाको सहभागिता रहेको थियो । 

जिल्लाका दुई ओटा पालिका मैवाखोला र मिक्वाखोला गाउँपालिका खेलमा सहभागी नभएको बताइएको छ ।

प्रकाशित मिति : 11:58 am

चीन सरकारले दियो मेरिङ्देनलाई स्काभेटर 

ताप्लेजुङ, कात्तिक ११ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले चीन सरकारबाट

ताप्लेजुङ युके युवा समाजद्धारा क्यान्सर तथा मिर्गौला पीडितलाई आर्थिक सहयोग

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङ युके युवा समाज बेलायतले

फङ्फङदेन झरना पर्यटन मेला मंसिर २ देखि, फुटबल विजेतालाई तीन लाख बराबरको अलैँची

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजना हुने

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले