ताप्लेजुङमा परिसंवाद कार्यक्रम : साहित्यकार वैद्य र जोशीको प्रकाशित कृतिको विमर्श



ताप्लेजुङ । ताप्लेजुङमा साहित्यकारद्वय विमल वैद्य र मोमिला जोशीको कृतिमाथि विमर्श गरिएको छ । नेपाली कला साहित्य डटकम प्रतिष्ठानले आयोजना गरेको परिसंवाद कार्यक्रममा साहित्यकार वैद्य र जोशीको प्रकाशित कृतिको विमर्श गरिएको हो ।

सदरमुकाम फुङ्लिङमा आइतबार आयोजित परिसंवादमा वैद्यको कृति ‘युगको तटमा उभिएर’ र जोशीको ‘प्रश्नहरू बाँकी नै रहन्छन्’ कृतिमाथि विमर्श गरिएको छ । काठमाडौँबाट आएका प्रतिष्ठानमा आबद्ध साथै स्थानीय साहित्यकार र पत्रकार सहभागी रहेको कार्यक्रममा दुई कृतिमाथि विमर्श गरिएको छ ।

परिसंवादमा साहित्यकार महेश पौड्यालले दुई कृतिसँग सम्बन्धित सवाल उठाउनुभएको छ । आ–आफ्नो कृतिमाथि उठान भएको सवालबारे साहित्यकार विमल वैद्य र मोमिला जोशीले कृति रचना र लेखनका प्रसङ्गसहित प्रष्ट पार्नुभयो । कार्यक्रममा साहित्यकार डा. सावित्री मल्ल र उषा महर्जनले कृतिको मूल्याङ्कन गर्दै चर्चा गर्नुभयो ।

त्यस्तै परिसंवाद कार्यक्रममा सहभागी साहित्यकार तथा पत्रकारले साहित्यकार वैद्य र जोशीको कृतिका विषयमा जिज्ञासा राख्नुभएको थियो । कार्यक्रममा वरिष्ठ कवि तथा संस्कृतिविद् तुलसी दिवसको पनि उपस्थिति थियो । प्रतिष्ठानले शनिबार फुङ्लिङमै सिर्जना उत्सव तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।gorkhapatraonline.com

प्रकाशित मिति : 1:15 am

कञ्चनजंघा सहकारीको नाफा १३ लाख ९५ हजार

ताप्लेजुङ, असोज १६ गते । कञ्चनजंघा सामुदायिक बहुमुखी सहकारी संस्था

तोक्मेडाँडामा यात्रु सहायता कक्ष सञ्चालन

ताप्लेजुङ, असोज १६ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–४ तोक्मेडाँडामा यात्रुको

कांग्रेस महाधिवेशनका लागि ताप्लेजुङबाट ३२ प्रतिनिधि चयन

ताप्लेजुङ, असोज १७ गते । नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशनका

छैटौँ सिरिजङ्गा गोल्डकप मंसिर २३ देखि

ताप्लेजुङ, असोज १६ गते। ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–४ तेल्लोकमा छैटौँ संस्करणको

अरिङ्गाल झार्ने क्रममा लडेर एक जनाको मृत्यु

ताप्लेजुङ, असोज १५ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–१ का एक