ताप्लेजुङमा परिसंवाद कार्यक्रम : साहित्यकार वैद्य र जोशीको प्रकाशित कृतिको विमर्श



ताप्लेजुङ । ताप्लेजुङमा साहित्यकारद्वय विमल वैद्य र मोमिला जोशीको कृतिमाथि विमर्श गरिएको छ । नेपाली कला साहित्य डटकम प्रतिष्ठानले आयोजना गरेको परिसंवाद कार्यक्रममा साहित्यकार वैद्य र जोशीको प्रकाशित कृतिको विमर्श गरिएको हो ।

सदरमुकाम फुङ्लिङमा आइतबार आयोजित परिसंवादमा वैद्यको कृति ‘युगको तटमा उभिएर’ र जोशीको ‘प्रश्नहरू बाँकी नै रहन्छन्’ कृतिमाथि विमर्श गरिएको छ । काठमाडौँबाट आएका प्रतिष्ठानमा आबद्ध साथै स्थानीय साहित्यकार र पत्रकार सहभागी रहेको कार्यक्रममा दुई कृतिमाथि विमर्श गरिएको छ ।

परिसंवादमा साहित्यकार महेश पौड्यालले दुई कृतिसँग सम्बन्धित सवाल उठाउनुभएको छ । आ–आफ्नो कृतिमाथि उठान भएको सवालबारे साहित्यकार विमल वैद्य र मोमिला जोशीले कृति रचना र लेखनका प्रसङ्गसहित प्रष्ट पार्नुभयो । कार्यक्रममा साहित्यकार डा. सावित्री मल्ल र उषा महर्जनले कृतिको मूल्याङ्कन गर्दै चर्चा गर्नुभयो ।

त्यस्तै परिसंवाद कार्यक्रममा सहभागी साहित्यकार तथा पत्रकारले साहित्यकार वैद्य र जोशीको कृतिका विषयमा जिज्ञासा राख्नुभएको थियो । कार्यक्रममा वरिष्ठ कवि तथा संस्कृतिविद् तुलसी दिवसको पनि उपस्थिति थियो । प्रतिष्ठानले शनिबार फुङ्लिङमै सिर्जना उत्सव तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।gorkhapatraonline.com

प्रकाशित मिति : 1:15 am

केबुलकार खारेजको माग गर्दै ताप्लेजुङ प्रदर्शन

सौगात विष्ट ताप्लेजुङ, माघ १७ गते । पाथिभरा मन्दिर (मुक्कुमलुङ)

हुलाक कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम

ताप्लेजुङ, माघ १६ गते । कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि जिल्ला

फक्ताङ्लुङद्वारा उच्च शिक्षा र प्राविधिकका विद्यार्थीलाई छात्रवृति

सौगात विष्टताप्लेजुङ, माघ १६ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले पालिकाका

प्रथम लिङ्तेप गोल्डकपको उपाधि पाँचथरलाई

 ताप्लेजुङ, माघ १३ गते । प्रथम लिङ्तेप गोल्डकपको उपाधि कुम्मायक कुसायक