उपमेयर कपको फाइनल आज : उपाधिका लागि फुङलिङ र मेरिङदेन भिड्दै



ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा जारी दोस्रो उपमेयर कप महिला फुटबल प्रतियोगिताको फाइनल खेल आज हुने भएको छ । फाइनल खेलमा आयोजक फुङलिङ नगरपालिका र मेरिङदेन गाउँपालिका विच प्रतिस्पर्धा हुँदै छ । 

हिजो भएको पहिलो सेमिफाइनल खेलमा पाथिभरा यङवरक गाउँपालिकालाई ९-० गोल अन्तरले पराजित गर्दै आयोजक फुङलिङ नगरपालिका फाइनलमा प्रवेश गरेको हो । यस्तै हिजो नै भएको दोस्रो खेलमा आठराई त्रिवेणी गाउँपालिकालाई ट्राइबेकरमा ३-२  गोल अन्तरले पराजित गर्दै मेरिङदेन गाउँपालिकाले फाइनलमा फुङलिङ नगरपालिका सँग भेट पक्का गरेको खेल संयोजक एवम् फुङ्लिङ नगरपालिका–८ का वडाध्यक्ष क्षितिज सुनुवारले जानकारी दिनु भएको छ । 

यस अधि फुङलिङ नगरपालिकाले सिदिङवा गाउँपालिकालाई १-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो भने, फक्ताङलुङ गाउँपालिकालाई २-० गोल अन्तरले पराजित गर्दै मेरिङदेन गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेको थियो ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजना गरिएको अन्तरपालिकास्तरीय महिला फुटबल प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री निर्मला तावाको प्रमुख आतिथ्यतामा भएको थियो । भानु जन माध्यमिक विद्यालयको खेलमैदानमा फागुन २५ गतेबाट सुरु भएको उक्त प्रतियोगिताको समापन आज हुने संयोजक सुनुवारले बताउँनुभयो ।

जिल्लाका नौ स्थानीय तहमध्ये मैवाखोला र मिक्वाखोला बाहेक प्रतियोगितामा आठ स्थानीय तहको सहभागिता रहेको थियो । मिक्वाखोलाले सहभागिता जनाउँने भनेता पनि अन्त्यमा सहभागिता जनाउन नसकेको संयोजक सुनुवारले बताउनुभयो । प्रतियोगिताका विजेताले ट्रफीसहित एक लाख ११ हजार १०० रुपियाँ र उपविजेताले ५५ हजार ५०० रुपियाँ राशिको नगद पुरस्कार पाउनेछन् ।

त्यस्तै सेमिफाइनल पुग्ने दुई टोलीले पनि समान ९/९ हजार रुपियाँ प्रोत्साहन रकम पाउने आयोजक फुङलिङ नगरपालिकाले जनाएको छ । 

प्रकाशित मिति : 1:05 am

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी

कञ्चनजंघा सहकारीको नाफा १३ लाख ९५ हजार

ताप्लेजुङ, असोज १६ गते । कञ्चनजंघा सामुदायिक बहुमुखी सहकारी संस्था