ताप्लेजुङमा  ‘सिर्जना उत्सव’ कार्यक्रम सम्पन्न, आज साहित्य परिसंवाद हुने 



ताप्लेजुङ । ताप्लेजुङमा शनिवार ‘सिर्जना उत्सव’ तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । जिल्ला बाहिरबाट आउनुभएका १९ जना साहित्य, संगीत, सृजना र संस्कृति विज्ञहरूको साथमा ‘मेरो राष्ट्र मेरो ध्येय’ नारा सहित शनिबार कला साहित्य यात्रा २०८० अन्र्तगत यो वर्षको कार्यक्रम ताप्लेजुङमा सम्पन्न भएको हो ।

 नेपाली साहित्य डट कम प्रतिष्ठानले फुङलिङ नगरपालिका र कञ्चनजंघा साहित्य प्रतिष्ठानको सहयोगमा कार्यक्रम सम्पन्न गरेको कञ्चनजंघा साहित्य प्रतिष्ठानका अध्यक्ष कमलप्रसाद भट्टराईले जानकारी दिनुभएको छ । कार्यक्रममा योगेश्वर वाङ्मय पुरस्कारद्धारा विमल बैद्य (इलाम) र ग्रेगरी कला संस्कृति पुरस्कारद्धारा भरतकुमार गुरुङ (ताप्लेजुङ)लाई पुरस्कृत समेत गरिएको छ । कार्यक्रममा ताप्लेजुङ सहित बिभिन्न जिल्लाबाट उपस्थितसाहित्य सर्जकहरुले आ–आफ्ना सृजना बाचन गरेका थिए ।

बरिष्ठ कवि एवम् संस्कृतिविद् तुलसी दिवसको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कोशी प्रदेशसभा सदस्य तथा पूर्व प्रदेश मन्त्री निर्मला तावा, जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, फुङलिङ नगरप्रमुख अमिर मादेन, प्रतिष्ठानका प्रमुख संरक्षक, कविगीतकार तथा नेपाल सरकारका पूर्व मुख्य सचिव डाक्टर विमल कोइराला, गरिबी निवारण कोषका पूर्व विभागीय प्रमुख अनिता कोइराला, स्रष्टा एवम् प्रतिष्ठानका प्रमुख संरक्षक उषा शेरचन, सडक नाटकका प्रणेता एवम् कवि अशेष मल्ल, जुझारु स्रष्टा महेश पौडेल सहितको उपस्थिति रहेको थियो ।

प्रतिष्ठानकै आयोजनामा आज ताप्लेजुङको होटल माउन्टेनमा साहित्य परिसंवाद कार्यक्रम हुने आयोजक नेपाली साहित्य डट कम प्रतिष्ठानका अध्यक्ष कवि निवन्धकार मोमिला जोशीले जानकारी दिनुभयो । 

प्रकाशित मिति : 1:14 am

ताप्लेजुङ गोल्डकप : उपाधिका लागि सलहेश र पाँचथरको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १८ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : पाँचथर फाइनलमा प्रवेश

ताप्लेजुङ, भदौ १७ गते । पाँचथरको फिदिम स्पोर्टिङ क्लब अन्तर्राष्ट्रिय

ताप्लेजुङ गोल्डकप : फाइनलका लागि झापा–११ र पाँचथरको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : सलहेश फाइनलमा प्रवेश 

ताप्लेजुङ, भदौ १६ गते । सलहेश युवा क्लब सिराहा अन्तर्राष्ट्रिय

ताप्लेजुङ गोल्डकप : पहिलो सेमिफाइनल खेलमा भारत र सलहेशबिचको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १६ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप