पाथीभराको सुनचाँदी लिलाम बिक्री प्रक्रीया सुरु



ताप्लेजुङ । ताप्लेजुङको पाथीभरामा हालसम्म सङ्कलित सुनचाँदी लिलाम बिक्री गरिने भएको छ । पाथीभरामा हालसम्म सङ्कलन भएको १७८ तोला सुन र पाँच हजार तोलाभन्दा बढी चाँदीको लिलाम बिक्री प्रक्रीया सुरु गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार भक्तजनले चढाएको शुद्ध अर्थात् एक नम्बर सुन १७८ तोला ८२ लाल र पाँच हजार २९८ तोला १२ लाल असली चाँदी बिक्रीको प्रक्रीया अघि बढाइएको हो ।

गत मङ्सिर १६ सम्म पाथीभरामा सङ्कलन भएको सुनचाँदी बिक्री गर्न लागिएको कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिनुभयो । उहाँका अनुसार लिलाम बिक्रीको प्रक्रीया सुरु भएसँगै सुनको मूल्य प्रतितोला एक लाख २१ हजार रुपियाँ र चाँदीको मूल्य प्रतितोला एक हजार ४१० रुपियाँ कायम गरिएको छ ।

उक्त तोकिएको मूल्यमा सुन र चाँदी खरिद गर्नका लागि इच्छुक व्यक्ति वा फर्मलाई समितिले आह्वान गरेको छ । सुनचाँदी बिक्री गरेर प्राप्त हुने रकमलाई समितिको आम्दानीमा बाँधिने पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले जानकारी दिनुभयो । अध्यक्ष थेबेका अनुसार सुनचाँदी लिलाम बिक्रीका लागि समितिले बोलपत्र आह्वान गरेको छ ।

पाथीभरामा भक्तजनले चढाएका सुनका गरगहना र चाँदीका सामग्री प्रशोधन गरी शुद्ध बनाएर समितिले बिक्रीको प्रक्रीया अघि बढाएको हो ।

प्रकाशित मिति : 1:10 am

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो