पाथीभराको सुनचाँदी लिलाम बिक्री प्रक्रीया सुरु



ताप्लेजुङ । ताप्लेजुङको पाथीभरामा हालसम्म सङ्कलित सुनचाँदी लिलाम बिक्री गरिने भएको छ । पाथीभरामा हालसम्म सङ्कलन भएको १७८ तोला सुन र पाँच हजार तोलाभन्दा बढी चाँदीको लिलाम बिक्री प्रक्रीया सुरु गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार भक्तजनले चढाएको शुद्ध अर्थात् एक नम्बर सुन १७८ तोला ८२ लाल र पाँच हजार २९८ तोला १२ लाल असली चाँदी बिक्रीको प्रक्रीया अघि बढाइएको हो ।

गत मङ्सिर १६ सम्म पाथीभरामा सङ्कलन भएको सुनचाँदी बिक्री गर्न लागिएको कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिनुभयो । उहाँका अनुसार लिलाम बिक्रीको प्रक्रीया सुरु भएसँगै सुनको मूल्य प्रतितोला एक लाख २१ हजार रुपियाँ र चाँदीको मूल्य प्रतितोला एक हजार ४१० रुपियाँ कायम गरिएको छ ।

उक्त तोकिएको मूल्यमा सुन र चाँदी खरिद गर्नका लागि इच्छुक व्यक्ति वा फर्मलाई समितिले आह्वान गरेको छ । सुनचाँदी बिक्री गरेर प्राप्त हुने रकमलाई समितिको आम्दानीमा बाँधिने पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले जानकारी दिनुभयो । अध्यक्ष थेबेका अनुसार सुनचाँदी लिलाम बिक्रीका लागि समितिले बोलपत्र आह्वान गरेको छ ।

पाथीभरामा भक्तजनले चढाएका सुनका गरगहना र चाँदीका सामग्री प्रशोधन गरी शुद्ध बनाएर समितिले बिक्रीको प्रक्रीया अघि बढाएको हो ।

प्रकाशित मिति : 1:10 am

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन

तिम्बुङ अन्तर्राष्ट्रिय ट्रेल रनमा सञ्जय राई प्रथम

ताप्लेजुङ, भदौ २६ गते । तेस्रो अन्तर्राष्ट्रिय तिम्बुङ ट्रेल रन

स्थापना दिवसमा याःलाङ (फोटो फिचर) 

ताप्लेजुङ, भदौ २१ गते । किराँत याक्थुङ चुम्लुङको ३८ औँ

प्रेस युनियन ताप्लेजुङको अध्यक्षमा फुरुम्बो

ताप्लेजुङ, भदौ २१ गते । नेपाल प्रेस युनियन ताप्लेजुङको अध्यक्षमा

ताप्लेजुङ गोल्डकपको भाग्यमानी दर्शक विशाल लिम्बू 

ताप्लेजुङ, भदौ २० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका विशाल लिम्बू