मिक्वाखोला गाउँपालिकाद्वारा भूमिहीन दलित र सुकुम्बासीलाई निस्सा वितरण



ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीहरुलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीहरुलाई व्यवस्थित गराउन निस्सा वितरण गरेको छ । 

राष्ट्रिय भूमि आयोग ताप्लेजुङ जिल्ला समितका अध्यक्ष कुमार बस्नेतको उपस्थितमा पालिका अध्यक्ष भक्तबहादुर कार्की लगायत अन्य जनप्रतिनिधि शुक्रबार पालिकाका वडा वडामा पुगेर निस्सा वितरण गरिएको मिक्वाखोला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन देव योङया ले जानकारी दिनुभयो । 

उहाँका अनुसार वडा नं. १ र २ मा ८/८ जनालाई निस्सा वितरण गरिएको छ भने वडा नं. ३ मा २ जना, वडा नं. ४ मा ५ जना र वडा नं. ५ मा २ जनालाई निस्सा वितरण गरिएको छ ।

निस्सा वितरण गरेसँगै अन्य प्रकृया अघि बढ्ने र करिव ५/६ महिना भित्र जग्गा उपलब्ध गराउने गरि पालिकाले काम गर्ने प्रमुख प्रशासकीय अधिकृत योङ्याले बताउनुभयो । निस्सा पाएपछि जग्गा पाउने आशाले भूमिहीन स्थानीय भने खुसी भएका छन् ।

प्रकाशित मिति : 2:25 pm

सुपर काबेली ‘ए’ ले साधारण शेयर निष्कासन गर्ने 

ताप्लेजुङ, माघ १८ गते । सुपर काबेली ‘ए’ जलविद्युत आयोजनाले

अपर मेवा जलविद्युतको सुरुङ मार्ग खन्ने कार्य सुरु

ताप्लेजुङ, माघ १८ गते । ताप्लेजुङमा निर्माणाधीन अपर मेवा जलविद्युत

केबुलकार खारेजको माग गर्दै ताप्लेजुङ प्रदर्शन

सौगात विष्ट ताप्लेजुङ, माघ १७ गते । पाथिभरा मन्दिर (मुक्कुमलुङ)

हुलाक कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम

ताप्लेजुङ, माघ १६ गते । कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि जिल्ला

फक्ताङ्लुङद्वारा उच्च शिक्षा र प्राविधिकका विद्यार्थीलाई छात्रवृति

सौगात विष्टताप्लेजुङ, माघ १६ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले पालिकाका