मिक्वाखोला गाउँपालिकाद्वारा भूमिहीन दलित र सुकुम्बासीलाई निस्सा वितरण



ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीहरुलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीहरुलाई व्यवस्थित गराउन निस्सा वितरण गरेको छ । 

राष्ट्रिय भूमि आयोग ताप्लेजुङ जिल्ला समितका अध्यक्ष कुमार बस्नेतको उपस्थितमा पालिका अध्यक्ष भक्तबहादुर कार्की लगायत अन्य जनप्रतिनिधि शुक्रबार पालिकाका वडा वडामा पुगेर निस्सा वितरण गरिएको मिक्वाखोला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन देव योङया ले जानकारी दिनुभयो । 

उहाँका अनुसार वडा नं. १ र २ मा ८/८ जनालाई निस्सा वितरण गरिएको छ भने वडा नं. ३ मा २ जना, वडा नं. ४ मा ५ जना र वडा नं. ५ मा २ जनालाई निस्सा वितरण गरिएको छ ।

निस्सा वितरण गरेसँगै अन्य प्रकृया अघि बढ्ने र करिव ५/६ महिना भित्र जग्गा उपलब्ध गराउने गरि पालिकाले काम गर्ने प्रमुख प्रशासकीय अधिकृत योङ्याले बताउनुभयो । निस्सा पाएपछि जग्गा पाउने आशाले भूमिहीन स्थानीय भने खुसी भएका छन् ।

प्रकाशित मिति : 2:25 pm

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई

फुङलिङका १४ माछा तथा मासु पसलमा अनुगमन

ताप्लेजुङ, असोज २७ गते । उपभोक्तालाई स्वच्छ, सुरक्षित र गुणस्तरीय