एआईको डाटा चोरी गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ



एजेन्सी । अमेरिकाले गुगलका एक पूर्व सफ्टवेयर इन्जिनियरलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को व्यापारसम्बन्धी महत्वपूर्ण डाटा चोरी गरी दुई चिनियाँ कम्पनीका लागि गोप्य रूपमा काम गरिरहेको आरोपमा पक्राउ गरेको छ ।

लियोन डिङ भनेर चिनिने चिनियाँ नागरिक लिनवेई डिङलाई क्यालिफोर्नियामा पक्राउ गरिएको बीबीसीले जनाएको छ । उनले ५ सयभन्दा बढी गोप्य फाइलहरू चोरेको आरोप छ ।

दोषी प्रमाणित भएमा उनलाई १० वर्ष कैद र प्रति कसुर २ लाख ५० हजार डलर जरिबानाको सजाय हुने खबरमा उल्लेख छ । डिङलाई गुगलले २०१९ मा एआई सम्बन्धी सफ्टवेयर विकास गर्ने जिम्मेवारी दिएर काममा लगाएको थियो ।

उनले गुगलको नेटवर्कमा भण्डारण गरिएको महत्वपूर्ण जानकारीहरु मे २०२२ देखि एक वर्ष लगाएर आफ्नो व्यक्तिगत गुगल खातामा अपलोड गर्न थालेको पाइएको बीबीसीको खबरमा उल्लेख छ ।

प्रकाशित मिति : 1:23 am

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई