नेकपा (माओवादी केन्द्र)मिक्वाखोला कमिटीद्धारा सहिद तथा बेपत्ता परिवारलाई सम्मान




रेडियो काबेली
ताप्लेजुङ । नेकपा (माओवादी केन्द्र) मिक्वाखोला गाउँपालिका कमिटीले पालिकाका १८ सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरेको छ । सहिद सप्ताहको अवसरमा पालिकाको वडा नं. १ र २ खोक्लिङका ५ सहिद तथा बेपत्ता परिवारलाई शनिबार खोक्लिङमा दोसल्ला,खादा र सम्मान पत्रले सम्मान गरिएको हो । त्यस्तै वडा नं. ३,४ र ५ का १३ सहिद तथा बेपत्ता परिवारलाई आईतबार पालिकाको केन्द्र थलङमा दोसल्ला,खादा र सम्मान पत्रले सम्मान गरिएको हो ।

नेकपा (माओवादी केन्द्र) मिक्वाखोला गाउँपालिका अध्यक्ष डण्डु लामाले सहिद तथा बेपत्ताको बलिदान र अतुलनीय योगदानले नै वर्तमान युगको परिर्वतन सम्भव भएकोले उनीहरुको कदर गर्दै सम्मान गरिएको बताए । फाल्गुन १४ गते देखी २१ गतेलाई नेकपा माओवादी केन्द्रले हरेक वर्ष सहिद सप्ताहको रुपमा मनाउने गर्दछ ।

प्रकाशित मिति : 2:40 pm

ताप्लेजुङमा चाँदी चोरी गर्ने पक्राउ 

ताप्लेजुङ, माघ १२ गते । ताप्लेजुङको  फुङलिङ बजारमा रहेको अनमोल

प्रथम लिङ्तेप गोल्डकप : सेमिफाइनका खेल हुँदै 

ताप्लेजुङ, पुस १२ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिङ्तेपमा जारी

प्रथम लिङ्तेप गोल्डकपः साथीभाई र कुम्मायक सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा जारी प्रथम लिङ्तेप गोल्डकपमा साथीभाई

नाल्बुमा पुरुष तथा महिला फुटबल प्रतियोगिता माघ २५ गते देखी हुने

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका –६ नाल्बुमा अन्तर वडा स्तरीय

प्रथम लिङ्तेप गोल्डकप : आयोजक रातो सेमिफाइनलमा प्रवेश 

ताप्लेजुङ, पुस १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिड्तेपमा जारी