गृह जिल्लामा डाक्टर सन्दुक रुईतद्धारा अप्रेसशन जारी, निशुल्क आँखा शिविर भोलिसम्म हुने



ताप्लेजुङ । विश्व बिख्यात नेत्र रोग विशेषज्ञ डाक्टर सन्दुक रुईतको उपस्थितीमा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र ताप्लेजुङमा बुधबारबाट सुरु भएको निःशुल्क आँखा शिविरमा यो समाचार तयार पार्दा सम्म ६६ जनाको मोतियाबिन्दुका बिरामीहरुको शल्यृकया गरेको छ । आजै थप ४० जनाको शल्यकृया गर्ने तयारी रहेको चिकित्सक टोलीले जानकारी दिएको छ।
फागुन १६ र १७ गते फुङलिङमा तथा फागुन १३ गते मैवाखोलाको ढुङ्गेसाँघु र मिक्वाखोलाको खोक्लिङमा छनौट भएका मोतियाबिन्दुका बिरामीको शल्यकृया गर्न थालिएको नेपाल नेत्र ज्योति संघ ताप्लेजुङले जनाएको छ ।

संघका जिल्ला उपसभापति खगेन्द्र अधिकारीका अनुसार फुङलिङमा हिजो ९८ जना छनौट भएका थिए भने ढुङ्गेसाँघु र खोक्लिङमा ३७ जना मोतियाबिन्दुका बिरामी छनाौट भएका थिए । आजपनि मोतियाबिन्दुका बिरामी छनौट भएका छन्। त्यो संख्याको प्रविष्टी भइरहेको छ। उपचार तथा परीक्षण कार्य जारी रहेकोले छनौट हुनेको संख्या बढ्ने देखिएको छ । छनौट भएका मोतियाबिन्दुका सबै बिरामीको शल्यकृया हुने अधिकारीले जानकारी दिए ।

शल्यकृया भोली समेत हुुने छ । शल्यकृयाका लागि छनौट भएका र उपचारका लागि आएका सबै सेवाग्राहीलाई सेवा दिएर पठाउने गरी व्यवस्थापन गरिएको नेपाल नेत्रज्योति संघ ताप्लेजुङका सभापति राजकुमार गुरुङले जानकारी दिए ।
नेपाल नेत्रज्योति संघ ताप्लेजुङले फुङलिङ नगरपालिका र सेवा फाउण्डेसन संगको सहयोगमा तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोग लिएर शल्यकृया सहितको आँखा शिविर सञ्चालन गरिरहेको छ ।

नेपाल नेत्रज्योति संघ ताप्लेजुङद्धारा फुङलिङमा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज काजीमान गुरुङका अनुसार हिजो छ सय ८३ र आज ४ सय ३४ गरी कूल १ हजार १ सय १७ जनाले आँखाको परीक्षण गराएका छन् । हिजोबाट नै डाक्टर रुईतलाई भेट्न विभिन्न ठाउँबाट बिरामी आएका छन् भने आज दिन भर समेत डाक्टर रुईतलाई भेट्न पर्खिनेहरुको संख्या धेरै रहेको थियो ।

शिविर समापन संगै डाक्टर रुईतलाई फुङलिङ नगरपालिका र नेपाल नेत्रज्योति संघ ताप्लेजुङ सहितका निकायहरुबाट नागरिक अभिनन्दन गर्ने तयारी समेत गरिएको नेत्रज्योति संघ ताप्लेजुङले जनाएको छ ।

प्रकाशित मिति : 1:42 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी