ताप्लेजुङको ढुङ्गेसाँघुमा सिकाइलाई प्रभावकारी बनाउन टेलिभिजन वितरण



ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुमा बाल विकास केन्द्रको सिकाइलाई प्रभावकारी बनाउन टेलिभिजन वितरण गरिएको छ । बालबालिकाको सिकाइलाई प्रभावकारी बनाउन र उनीहरूलाई पढाइमा केन्द्रित गर्ने उद्देश्य राखेर वडा कार्यालयले मङ्गलबार टिभी वितरण गरेको हो ।

वडाध्यक्ष चन्द्रकुमार तामाङका अनुसार बाल विकास केन्द्रमा अध्ययनरत बालबालिकालाई लक्षित गरी टेलिभिजन वितरण गरिएको हो । वडा कार्यालयको योजनाअन्तर्गत बाल विकास केन्द्र सञ्चालित वडाभित्रका छ वटा विद्यालयलाई ३२ इन्च साइजको एक–एक वटा टेलिभिजन वितरण गरिएको वडाध्यक्ष तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार बाल विकास केन्द्र कक्षा सञ्चालनमा रहेको जनकल्याण माध्यमिक विद्यालय, सरस्वती आधारभूत विद्यालय र पाटी आधारभूत विद्यालयलाई टेलिभिजन वितरण गरिएको छ ।

यस्तै, मदनभण्डारी आधारभूत विद्यालय, सिंह आधारभूत विद्यालय र साक्फारा आधारभूत विद्यालयलाई टेलिभिजन वितरण गरिएको हो । सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई टेलिभिजन हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।

टेलिभिजनसँगै बालबालिकाको कक्षामा प्रस्तुति वा प्रदर्शन हुने सिकाइ सम्बन्धी श्रव्यदृश्य सामग्री राखिएको पेन्ड्राइभ समेत उपलब्ध गराएको वडा कार्यालयले जनाएको छ । यता विद्यालयलाई वितरण गरिएको टिभीले बालबालिकाको सिकाइ अर्थात् पढाइलाई प्रभावकारिता बनाउने र बालबालिकालाई विद्यालय जान प्रेरित गर्नमा सहयोग पुग्ने विश्वास लिएको वडाध्यक्ष तामाङको भनाइ छ । gorkhapatraonline.com

प्रकाशित मिति : 1:01 pm

चीन सरकारले दियो मेरिङ्देनलाई स्काभेटर 

ताप्लेजुङ, कात्तिक ११ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले चीन सरकारबाट

ताप्लेजुङ युके युवा समाजद्धारा क्यान्सर तथा मिर्गौला पीडितलाई आर्थिक सहयोग

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङ युके युवा समाज बेलायतले

फङ्फङदेन झरना पर्यटन मेला मंसिर २ देखि, फुटबल विजेतालाई तीन लाख बराबरको अलैँची

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजना हुने

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले