इलाम–२ मा सुरु भयो चुनावी चर्चा



ईलाम । निर्वाचन आयोगले इलाम–२ को प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचनको मिति तोकेसँगै चुनावी सरगर्मी बढेको छ । नेताहरु टिकटका लागि आफ्नो नजिक रहेका नेता भेट्न दौडधुपमा लागेका छन् ।

निर्वाचन आयोगले आगामी वैशाख १५ गते शनिबार उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ । गत चुनावमा सत्तारूढ गठबन्धनमा रहेका दल र नेपाल कम्युनिष्ट पार्टी एमाले बिच कडा प्रतिस्पर्धा भएको थियो । अर्थात् गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका डम्बर खड्कालाई एक सय १४ मतले पछि पार्दै एमालेका सुवासचन्द्र नेम्वाङ विजयी हुनुभएको थियो । सो क्षेत्रबाट निर्वाचित तत्कालीन प्रतिनिधिसभा सदस्य एमालेका उपाध्यक्ष रहनुभएका नेम्वाङको गत भदौ २६ गते निधन भएको थियो । नेम्वाङको मृत्यु भएपछि यस क्षेत्रमा उपचुनाव हुन लागेको हो ।

यस क्षेत्रका नेताहरु आफू विजयी हुने दाबीसहित प्रदेश र केन्द्रीय तहका नेताकहाँ धाउन थालेका छन् । नेपाली कांग्रेसका तर्फबाट जिल्ला सभापति डम्बर खड्का र महासमिति सदस्य भेषराज आचार्यको नाम चर्चामा छ । पूर्वजिल्ला सभापति तथा पूर्वसांसद केशव थापा र नगेन्द्र कुमालको नाम चर्चामा आउने गरेको छ ।

एमालेबाट स्व नेम्वाङका छोरा सुहाङ नेम्वाङको समेत चर्चा छ । जिल्ला सचिव उमेश गुरुङ, उपसचिव रवीन्द्र सुवेदीको उत्तिकै चर्चा छ । स्व नेम्वाङका पूर्वस्वकीय सचिव बुद्धि खनालको नाम पनि चर्चामा रहँदै आएको छ ।

कांग्रेससँग सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केही नेताको नाम चर्चामा छ । माओवादी केन्द्रका तर्फबाट प्रदेश समितिका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सो, जिल्ला इन्चार्ज कुलप्रसाद लिम्बू, पूर्वजिल्ला इञ्चार्ज धिरेन्द्र शर्मा रमन, जिल्ला सह–इन्चार्ज कान्छा लावती र जिल्ला अध्यक्ष विजय राईको नाम चर्चामा छ ।

राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष खड्गप्रसाद केपी पालुङ्वाको नाम चर्चामा छ । उहाँ गएको निर्वाचनमा पनि उठ्नुभएको थियो । उहाँले सम्मानजनक मत प्राप्त गर्नुभएको थियो । पालुङ्वालाई पहिचान पक्षधरले सहयोग गर्ने एकथरीको भनाइ छ ।

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी का तर्फबाट समेत उम्मेदवारीको चर्चा हुन थालेको छ । सो पार्टीबाट पूर्वप्रधानमन्त्री भइसकेका झलनाथ खनालको चर्चा हुन थालेको छ । उहाँ गएको निर्वाचनमा इलाम १ बाट पराजित हुनुभएको थियो । एकीकृत समाजवादीले जिल्ला कमिटीको निर्णयबाट मात्र उम्मेदवारको टुङ्गो लगाउने बताइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० तथा स्वतन्त्र उम्मेदवारको चर्चा हुन थालेको छ । रास्वपाले प्रतिनिधि खटाएर अवस्था बुझ्ने र उम्मेदवार टुङ्गो लगाउने बताएको छ । स्थानीय उम्मेदवारलाई नै प्राथमिकता दिने सो पार्टीको भनाइ छ । स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिने बताइएको छ । हालसम्म कुनै पनि पार्टीले उम्मेदवारको टुङ्गो लगाएका छैनन् ।

केही स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिने सामाजिक सञ्जालमार्फत चर्चा चलाए पनि आधिकारिक रुपमा उम्मेदवारीको घोषणा भएको छैन । रासस

प्रकाशित मिति : 8:58 am

स्वेदश फर्किएर फुटबलमा होमिएका लहनलाई गृह जिल्लामा बधाई र सम्मानको ओईरो

एलिना दियालीताप्लेजुङ । खेलेर हुन्छ । पढ्न पर्छ । खेलेर

ताप्लेजुङको सिरिजंघामा भिरबाट लडेर एक जनाको ज्यान गयो

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिकामा भिरबाट लडेर एकजनाको ज्यान

आज यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

ताप्लेजुङ, पुस १२ गते । देशभर पश्चिमी वायुको आंशिक प्रभाव

प्रतिनीधि सभा चुनाव : ताप्लेजुङमा ९० हजार ३ सय २७ मतदाता कायम

रेडियो काबेलीताप्लेजुङ । आगामी फाल्गुण २१ गते हुने प्रतिनीधि सभा

२०५५ को भानुजन माविको एसएलसी व्याचद्धारा फुङलिङ आधारभुत विद्यालयका विधार्थीलाई न्यानो कपडा वितरण

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकामा–३ मा अवस्थित फुङलिङ आधारभुत