ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका तयार



ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका २०८० तयार भएको छ ।

प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पिएलजीएसपी)का प्रतिनिधिहरुमार्फत सामूहिक छलफल गरी तयार भएको निर्देशिका पिएलजीएसपीका प्रतिनिधिले शुक्रवार गाउँपालिका अध्यक्ष युकहाङवीर९डम्बर०हाङ्गामलाई हस्तान्तरण गर्नु भएको छ ।

पालिका अध्यक्ष, पालिकाका ६ वटै वडाका वडाध्यक्ष दलित तथा महिला कार्यपालिका सदस्य,वडा सचिव र शाखा प्रमुखहरुको उपस्थिति तीनदिन सम्म गरिएको छलफल पछि आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका २०८० तयार भएको गाउँपालिकाले जनाएको छ ।

आन्तरिक नियन्त्रण प्रणाली भन्नाले व्यवस्थापनले तयार गरी लागु गरेको प्रक्रिया हो । यसले सञ्चालनको प्रभावकारिता,वित्तीय प्रतिवेदनको विश्वसनीयता तथा ऐन, नियमको परिपालना भएको सम्बन्धमा व्यवस्थापनलाई व्यवहारिक बनाउन मार्गनिर्देश गर्छ ।

आन्तरिक नियन्त्रण प्रणालीमा नियन्त्रित वातावरण, जोखिमको लेखाजोखा, नियन्त्रित कार्यविधी, सूचना तथा सञ्चार र अनुगमन जस्ता बिषय समेटिएका हुन्छन् ।eujyalopost.com

प्रकाशित मिति : 1:05 pm

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो