दोभान बजारदेखि मेरिङदेन गाउँपालिकाको कार्यालयसम्म जोड्ने सडकको कालोपत्रेका लागि ठेक्का सम्झौता



ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारदेखि मेरिङदेन गाउँपालिकाको कार्यालयसम्म जोड्ने सडक कालोपत्रेका लागि ठेक्का सम्झौता भएको छ । दोश्रो ठुलो व्यापारीक केन्द्र दोभान बजारदेखि गाउँपालिकाको केन्द्र सान्थाक्रासम्मको सडक स्तरोन्नति तथा कालोपत्रेका लागि ठेक्का सम्झौता गरिएको गाउँपालिकाका अध्यक्ष युकहाङबीर हाङगाम (डम्बर)ले जानकारी दिनुभयो । 

उहाँका अनुसार पहाडी कन्स्ट्रक्सन, पोमु कन्स्ट्रक्सन र जेभी कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरिएको हो । ठेकेदार कम्पनीले चालु आर्थिक वर्षको मसान्तसम्ममा दोभानदेखि पालिकाको पहिलो घुम्तिसम्म पहिलो चरणमा ग्राभेल लगायतका कार्य हुनेछन् । उक्त कार्यको लागि ३ करोड ३७ लाख रुपैयाँमा ३ ओटा कम्पनीसँग ठेक्का सम्झौता भएको हो । 

चालु आर्थिक वर्षमा खोलाइएको ठेक्काको कार्य पुरा भएसँगै आगामी आर्थिक वर्षमा थप अन्य कार्यको लागि समेत बजेट सुनिश्चित गरी ठेक्का आह्वान गर्ने गाउँपालिकाले जनाएको छ । मेरिङदेन गाउँपालिकाको गौरवको आयोजना अन्तर्गत आगामी ३ वर्षभित्र पालिकाको केन्द्रसम्म सडक कालोपत्रे गर्ने पालिकाको योजना अनुसार नै कार्य अगाडि बढाइएको हो । 

प्रकाशित मिति : 5:11 am

राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा आंशिक रुपमा अवरुद्ध

ताप्लेजुङ । राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा आंशिक रुपमा अवरुद्ध भएको

प्रथम माघेमेला गोल्ड कप : आज दुई खेल हुने 

ताप्लेजुङ, माघ २ गते । माघे सक्रान्तिको अवसरमा ताप्लेजुङको सिंवामा

प्रथम माघेमेला गोल्ड कप : ढुङ्गेसाँघुलाई पराजित गर्दै आयोजक सेमिफाइनलमा

ताप्लेजुङ, माघ १ गते । ताप्लेजुङको सिंवा बजारमा सञ्चालन भएको

आमन्त्रित प्रथम माघेमेला गोल्ड कप : आज आयोजक र ढुङ्गेसाँघु भिड्दै 

ताप्लेजुङ, माघ १ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम

रिड नेपालले दियो ताप्लेजुङका १ सय ५४ शिक्षकलाई तालिम 

ताप्लेजुङ, पुस ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा शैक्षिक तथा