ताप्लेजुङको मैवाखोलामा अखिल कप २०८० सुरु



ताप्लेजुङ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा ‘अखिल कप २०८०’ सुरु भएको छ । अनेरास्ववियु मैवाखोला पालिका कमिटीको आयोजनामा आजबाट मैवाखोलामा उक्त खेल सुरु भएको हो । 

आज भएको छात्र तर्फको खेलमा पार्टी डाँडा मा.वि.लाई महेन्द्र माविले २-० गोल अन्तरले पराजित गरेको छ । यस्तै नारायणी माविलाई मैवाखोला मा.वि.ले ट्राइबेकरमा ३-१ गोल अन्तरले पराजित गरेको अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष विवेक बानियाँले जानकारी दिनुभयो । 

त्यस्तै आज नै भएको छात्रा तर्फको खेलमा महेन्द्र मा.वि.लाई मैवाखोला मा.वि.ले १-० गोल अन्तरले पराजित गरेको छ । खेलामा मैवाखोला गाउँपालिका भित्रका ५ वटा माध्यमिक विद्यालयहरूको सहभागिता रहेको बानियाँले बताउँनु भयो । 

खेलको विजेताले नगद ८ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् भने उपविजेताले नगद ४ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । खेलको उद्घाटन नेकपा एमाले जिल्ला कमिटी उप–सचिव साथै आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष दिपेन्द्र पोमु (दिपेन) को प्रमुख आथित्यतामा भएको हो । 

यस्तै विशिष्ट अतिथिहरूमा अनेरास्ववियु कोशी प्रदेश कमिटी सदस्य रमेश घिमिरे, नेकपा एमाले जिल्ला कमिटी सदस्य अनेरास्ववियु जिल्ला कमिटी पूर्व अध्यक्ष , आठराई त्रिवेणी गाउँपालिका उपाध्यक्ष शान्ता कुमारी आङबुहाङ, नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा विद्यार्थी इन्चार्ज लेखनाथ भट्टराई, अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष विवेक बानियाँको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : 1:04 pm

दिनेश खातीको नेतृत्वमा दलित मोर्चा गठन

ताप्लेजुङ, असोज २६ गते । ताप्लेजुङमा नेपाल दलित मोर्चाको जिल्ला

दोभान आगलागीपीडितलाई पाँच लाख ६० हजार राहत

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३, दोभान बजारमा

फुङलिङमा सीमा सुरक्षा बैठक हुँदै

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङ र चीनको स्वशासित क्षेत्र

सडक स्तरोन्नतिपछि मैवाखोलामा नयाँ भाडादर कायम

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सार्वजनिक सवारी

दोभान बजारका आगलागी पीडितलाई नेवा : समाजको राहत

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले