ताप्लेजुङको मैवाखोलामा अखिल कप २०८० सुरु



ताप्लेजुङ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा ‘अखिल कप २०८०’ सुरु भएको छ । अनेरास्ववियु मैवाखोला पालिका कमिटीको आयोजनामा आजबाट मैवाखोलामा उक्त खेल सुरु भएको हो । 

आज भएको छात्र तर्फको खेलमा पार्टी डाँडा मा.वि.लाई महेन्द्र माविले २-० गोल अन्तरले पराजित गरेको छ । यस्तै नारायणी माविलाई मैवाखोला मा.वि.ले ट्राइबेकरमा ३-१ गोल अन्तरले पराजित गरेको अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष विवेक बानियाँले जानकारी दिनुभयो । 

त्यस्तै आज नै भएको छात्रा तर्फको खेलमा महेन्द्र मा.वि.लाई मैवाखोला मा.वि.ले १-० गोल अन्तरले पराजित गरेको छ । खेलामा मैवाखोला गाउँपालिका भित्रका ५ वटा माध्यमिक विद्यालयहरूको सहभागिता रहेको बानियाँले बताउँनु भयो । 

खेलको विजेताले नगद ८ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् भने उपविजेताले नगद ४ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । खेलको उद्घाटन नेकपा एमाले जिल्ला कमिटी उप–सचिव साथै आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष दिपेन्द्र पोमु (दिपेन) को प्रमुख आथित्यतामा भएको हो । 

यस्तै विशिष्ट अतिथिहरूमा अनेरास्ववियु कोशी प्रदेश कमिटी सदस्य रमेश घिमिरे, नेकपा एमाले जिल्ला कमिटी सदस्य अनेरास्ववियु जिल्ला कमिटी पूर्व अध्यक्ष , आठराई त्रिवेणी गाउँपालिका उपाध्यक्ष शान्ता कुमारी आङबुहाङ, नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा विद्यार्थी इन्चार्ज लेखनाथ भट्टराई, अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष विवेक बानियाँको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : 1:04 pm

प्रथम मानाभारा गोल्ड कप आजबाट : उद्घाटनमा आयोजक र माछापोखरी भिड्दै 

ताप्लेजुङ, पुस १५ गते ।  प्रथम मानाभारा गोल्ड कप आजबाट

पदम बहादुर स्मृति फुटबल प्रतियोगिता : उपाधिका लागि साथीभाइ र आयोजक भिड्दै

ताप्लेजुङ, पुस १५ गते । दोस्रो स्वर्गीय पदमबहादुर गुरुङ स्मृति

स्वेदश फर्किएर फुटबलमा होमिएका लहनलाई गृह जिल्लामा बधाई र सम्मानको ओईरो

एलिना दियालीताप्लेजुङ । खेलेर हुन्छ । पढ्न पर्छ । खेलेर

ताप्लेजुङको सिरिजंघामा भिरबाट लडेर एक जनाको ज्यान गयो

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिकामा भिरबाट लडेर एकजनाको ज्यान

आज यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

ताप्लेजुङ, पुस १२ गते । देशभर पश्चिमी वायुको आंशिक प्रभाव