‘१४औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता’ सम्पन्न, आठराई त्रिवेणी प्रथम



ताप्लेजुङ । ताप्लेजुङमा ‘१४औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८०’ सम्पन्न भएको छ । फागुन १ गते देखि आठराई त्रिवेणी गाउँपालिका फूलबारीको महभिर खेलमैदानमा सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो । 

प्रतियोगितामा आठराई त्रिवेणी गाउँपालिका प्रथम भएको छ । पालीकाले प्रतियोगितामा ५८ वटा पदक प्राप्त गरी प्रथम भएको हो । आयोजक समेत रहेका आठराई त्रिवेणीले ३५ स्वर्ण, १८ रजत, ५ काश्य पदक प्राप्त गरेको छ ।

यस्तै फुङ्लिङ नगरपालिकाले २१ स्वर्ण, ८ रजत, ३ काश्य गरी ३१ पदक सहित दोस्रो भएको छ । मिक्वाखोला गाउपालिका ३ स्वर्ण, ४ रजत, ५ काश्य गरी १२ पदकका साथ तेस्रो भएको छ । पाथीभरा याङवरक गाउँपालिकाले ३ स्वर्ण, २ रजत, ३ काश्य गरी ८ पदक प्राप्त गरि चौथो भएको छ ।

मैवाखोला गाउँपालिकाले २ स्वर्ण, ७ रजत, ३ काश्य गरी १२ पदक प्राप्त गरि पाँचौ स्थान हासिल गरेको छ । सिदिङवा गाउँपालिकाले १ स्वर्ण, २ रजत, ६ काश्य गरि ९ पदक प्राप्त गरि छैठौं भएको हो ।

 त्यस्तै मेरिङदेन गाउँपालिकाले १ स्वर्ण, १ रजत, ४ कास्य गरी ६ पदक प्राप्त गरि सातौ भएको छ भने सिरिजङ्घा गाउँपालिकाले ४ रजत, ३ काश्य गरी ७ पदक प्राप्त गरि आठौँ भएको छ । फक्ताङलुङ गाउँपालिकाले १ रजत, ३ काश्य गरि ४ पदक प्राप्त गरि अन्तिम भएको छ । कोशी प्रदेश सांसद तथा पूर्व मन्त्री तिलकुमार मेन्याङ्बोको प्रमुख आथित्यतामा कार्यक्रमको समापन समारोह सम्पन्न भएको हो ।

समापन कार्यक्रममा आठराई त्रिवेणी गाउपालिका अध्यक्ष दिपेन्द्र पोमु, सिदिङवा गाउपालिका अध्यक्ष मान बहादुर राई, मिक्वाखोला गाउपालिका अध्यक्ष भक्त बहादुर कार्की लगायत जनप्रतिनिधिहरू, कर्मचारी, शिक्षक, विद्यार्थीहरूको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति : 3:50 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका