पाथिभरामा केबलकार निर्माण प्रति सिरीजङघा गाउँपालिकाको ध्यानाकर्षण



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । पाथिभरा (मुक्कुमलुङ) क्षेत्रमा केबलकार निर्माण गरिने कार्य प्रारम्भ भएको प्रति सिरीजङघा गाउँपालिकाले ध्यानाकर्षण गराएको छ । पाथिभरा क्षेत्र सिरीजङघा गाउँपालिकाको समेत भौगोलिक क्षेत्र पर्ने भएको भन्दै गाउँपालिका सँग आधिकारिक रुपमा संस्थागत समन्वय एवम् सहकार्य नगरी केबलकार निर्माणको कार्य अघि बढाएको भन्दै ध्यानाकर्षण गराएको हो । 

गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै परियोजनाको विस्तृत परियोजना प्रस्ताव (डि.पी.आर.) को आधिकारिक सार्वजनीकिकरण नगरी, भौतिक पूर्वाधारको मापदण्ड छलफल नगरी, ऐतिहासिक क्षेत्रको मौलिकता र दिगो विकासलाई ध्यान नदिई उक्त क्षेत्रमा केबलकार निर्माण प्रकृया अघि बढेको र विभिन्न निकायलाई हस्ताक्षर संकलन गर्ने कार्य भइरहेको सुचना प्राप्त भएकोले यस प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । 

पाथिभरा क्षेत्रमा गरिने विकास निर्माण कार्य एवम् मौलिक बचाउने कार्यहरूमा गाउँपालिकासँग छलफल तथा वार्ताको माध्यमबाट निर्णय गरी आवश्यक प्रकृया अगाडि बढाउन अनुरोध गरिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै गाउँपालिकाले उक्त शर्तहरुमा गम्भिर छलफल एवम् समन्वय नगरी गरिने निर्माण कार्यबाट हुने क्षति र समस्याको जिम्मेवार निर्माण कम्पनी तथा सरोकारवालाहरू स्वयं हुने चेतावनी समेत दिएको छ ।  

प्रकाशित मिति : 3:16 pm

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई