भानु माविको ७५ औँ वार्षिक उत्सव आजबाट सुरु



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ। ताप्लेजुङ जिल्लाको नमुना विद्यालयको रुपमा रहेको भानु जन माध्यमिक विद्यालयको ७५औँ वार्षिक उत्सव आजबाट सुरु भएको । स्थापनाको ७५औं वर्ष पुगेको अवसरमा उक्त उत्सव आजदेखि ४ गते सम्म मनाउन लागिएको हो । 

प्रतिनिधिसभा सदस्य योगेश कुमार भट्टराईको प्रमुख आथित्यतामा वार्षिक उत्सवको उद्घाटन भएको विद्यालयका प्रधानाध्यापक किशोर कुमार राईले जानकारी दिनुभएको छ । वार्षिक उत्सवको अवसरमा गायक तथा इन्जिनियर विरेन्द्र श्रेष्ठ र गायिका मिलन नेवारको आवाजमा रहेको सहायक प्रजिअ टंक भटटराईले लेख्नु भएको ताप्लेजुङको शिरैमा सेतो जुहारको गीति वृत्तचित्र विमोचन गरिएको छ । 

यस्तै पुण्यप्रसाद खलेरद्धारा लिखित ‘पुण्यप्रसादका कथा’ पुस्तक पनि विमोचन गरिएको छ । आज उद्घाटन सहित फुङलिङ नगरपालिका भित्र रहेका माध्यमिक विद्यालय स्तरीय भलिबल प्रतियोगितासहित सांस्कृतिक कार्यक्रम भएको छ । भोलि भलिबल सहित फुङलिङ नगरपालिका भित्रका माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता हुनेछ । फाल्गुण ४ गते भलिबलको फाइनल सहित पुरस्कार तथा सम्मान सहित कार्यक्रम सकिने विद्यालयले जनाएको छ । 

वार्षिक उत्सव कार्यक्रममा भानु जन मा।वि का भूतपूर्व प्रधानाध्यापक, भूतपूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा पदाधिकारी, भूतपूर्व शिक्षक, जग्गा दाता, चन्दा दाता, अभिभावक, भूतपूर्व विधार्थी एवं सरोकारवालाहरूलाई सम्मान गरिने छ । 

२००६ सालमा स्थापना भएको विद्यालयले हाल अंग्रेजी तथा नेपाली दुवै माध्यमहरुबाट पठनपाठन गरि रहको छ भने विद्यालयमा जिल्लामै पहिलो पटक सङ्गीतको कक्षा पनि सञ्चालनमा रहेको छ । प्राविधिक धारका सिभिल इन्जिनियरिङ सहित साइन्स एवं विभिन्न विषयहरूको अध्ययन पनि गर्न सकिने भएकाले हाल विद्यार्थी तथा अभिभावकको पहिलो रोजाईमा पर्ने गरेको विद्यालयले दावी गरेको छ । 

विद्यालयमा हाल बाल कक्षा देखि कक्षा १२ सम्म २ हजार बढि विद्यार्थी अध्ययन गरिरहेको विद्यालयले जनाएको छ । विद्यालयमा केही समय अघिबाट जिल्लामा नै पहिलो पटक आईटी एकेडेमी बनेको छ भने उक्त एकेडेमीबाट ग्राफिक्स डिजाइनिङका कक्षा समेत सञ्चालन भई रहेको छ ।

प्रकाशित मिति : 2:17 pm

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित

आइएमई लाइफ इन्स्योरेन्सद्धारा ताप्लेजुङका समता विद्यालयलाई १ लाख आर्थिक सहयोग

ताप्लेजुङ, साउन २१ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक

फुङलिङ नगरपालिकाले ८ वटा वडाको सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले सार्वजनिक कार्यक्रम

फुङलिङ–६ को वडा कार्यालय भवन उद्‌घाटन

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका ६ नम्बर