भोलिबाट लिङ्तेपमा वडा स्तरीय पुरुष तथा महिला फुटबल प्रतियोगिता सुरु हुने 



ताप्लेजुङ । ताप्लेजुङको लिङ्तेपमा वडा स्तरीय पुरुष तथा महिला फुटबल प्रतियोगिता हुने भएको छ । बसन्त पञ्चमीको अवसरमा श्री प्रगतिशील युवा क्लबको आयोजनामा भोलिबाट उक्त प्रतियोगिता सुरु हुने भएको हो । 

क्लबका अध्यक्ष विजय हाङ्गाम लिम्बूका अनुसार पुरुष फुटबल प्रतियोगितामा प्रथम हुनेले नगद एक लाख सहित मेडल प्रमाण पत्र र ट्रफी पाउने छन्  भने दोस्रो हुनेले नगद ६० हजार सहित मेडल र प्रमाण पत्र पाउनेछन् ।

यस्तै महिला फुटबल प्रतियोगिताको प्रथम र दोस्रोले क्रमश नगद ५० हजार रुपैयाँ र ३० हजार रुपैयाँसहित मेडल प्रमाण पत्र र ट्रफी प्राप्त गर्ने खेल संयोजक सन्तोष हाङ्गामले जानकारी दिनु भएको छ ।

फागुन ६ गते सम्म सञ्चालन हुने उक्त खेल मेरिङ्देन गाउँपालिका ४ लिङ्तेपको स्वा। तुलसी नाल्बो स्मृति खेल मैदानमा हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : 2:02 pm

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी

कञ्चनजंघा सहकारीको नाफा १३ लाख ९५ हजार

ताप्लेजुङ, असोज १६ गते । कञ्चनजंघा सामुदायिक बहुमुखी सहकारी संस्था