भोलिबाट लिङ्तेपमा वडा स्तरीय पुरुष तथा महिला फुटबल प्रतियोगिता सुरु हुने 



ताप्लेजुङ । ताप्लेजुङको लिङ्तेपमा वडा स्तरीय पुरुष तथा महिला फुटबल प्रतियोगिता हुने भएको छ । बसन्त पञ्चमीको अवसरमा श्री प्रगतिशील युवा क्लबको आयोजनामा भोलिबाट उक्त प्रतियोगिता सुरु हुने भएको हो । 

क्लबका अध्यक्ष विजय हाङ्गाम लिम्बूका अनुसार पुरुष फुटबल प्रतियोगितामा प्रथम हुनेले नगद एक लाख सहित मेडल प्रमाण पत्र र ट्रफी पाउने छन्  भने दोस्रो हुनेले नगद ६० हजार सहित मेडल र प्रमाण पत्र पाउनेछन् ।

यस्तै महिला फुटबल प्रतियोगिताको प्रथम र दोस्रोले क्रमश नगद ५० हजार रुपैयाँ र ३० हजार रुपैयाँसहित मेडल प्रमाण पत्र र ट्रफी प्राप्त गर्ने खेल संयोजक सन्तोष हाङ्गामले जानकारी दिनु भएको छ ।

फागुन ६ गते सम्म सञ्चालन हुने उक्त खेल मेरिङ्देन गाउँपालिका ४ लिङ्तेपको स्वा। तुलसी नाल्बो स्मृति खेल मैदानमा हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : 2:02 pm

प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुनः हिमपात

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा

रिफाइन गरियो पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी

ताप्लेजुङ, चैत २६ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी प्रशोधन

ताप्लेजुङको आठराई त्रिवेणीमा साताको एक दिन मात्र बिदा

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा

ताप्लेजुङमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितामा सुरु

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङमा कोशी प्रदेश स्तरीय छैटौँ

महाशिवरात्रि फुटबलको उपाधि तेह्रथुमलाई

ताप्लेजुङ, चैत २२ गते । ताप्लेजुङमा सम्पन्न भएको विशेष महाशिवरात्रि