ताप्लेजुङको शिरैमा सेतो जुहार गीति वृत्तचित्र विमोचन (भिडियोसहित)



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । भानुजन माविको ७५औं जन्म जयन्तीको अवसर पारि सोही विद्यालयका पूर्व विद्यार्थी इन्जिनियर वीरेन्द्र श्रेष्ठले स्वरबद्ध गरेको गीत ताप्लेजुङको शिरैमा सेतो जुहार बोलको गीत सार्वजनिक भएको छ ।  

यो गीतको अडियो तर्फ, वरिष्ठ साहित्यकार तथा ताप्लेजुङका सहायक प्रजिअ गीतकार टंक भट्टराईको शब्द, शंकर थापा (स्माइल) को संगीत, इ. विश्व अधिकारीको संगीत संयोजन, किशोर थापाको मिक्समास्टर र चर्चित गायिका तथा द भ्वाइसका ज्यूरी मिलन नेवार र इ. वीरेन्द्र श्रेष्ठको स्वर रहेको छ ।

ताप्लेजुङको उच्च हिमाली क्षेत्र कञ्चनजंघा, कुम्भकर्ण, सिन्जेमा ताल, ओलाङचुङगोला, दिक्की छ्योलिङ गुम्बा, तिम्बुङ पोखरी, फुङफङे झरना, तिनजुरे मिल्के लगायत जिल्लाका सबै पालिकाहरूलाई समेत यो भिडियोमा समेटिएको छ । 

जातीय विविधता अनुरूपकै सांस्कृतिक र मौलिक चलन साथै नृत्यहरुलाई समेटेर बनाइएको यो गीति वृत्तचित्रको छायांकनलाई दुई भागमा विभाजन गरेर बनाएको बताउँछन् यसै वृत्तचित्रका निर्माण संयोजक हर्कराज गुरुङ । वृत्तचित्र तर्फको छायांकन केशव अधिकारी र प्रकाश बस्नेतले सम्पादन गरेका छन् भने सांस्कृतिक तर्फको छायांकन सुभाष लिम्बूले गरेका छन् । 

ताप्लेजुङका माननीय लिलादेवी बोखिम, पूर्व मन्त्री बलबहादुर साम्सोहाङ, प्रजिअ हिरादेवी पौडेल, नगर उपप्रमुख भिमादेवी ओझा, घनेन्द्र मादेन, कृतीमान मादेन लगायत जिल्लाका प्रबुद्ध ६ दर्जन व्यक्तित्वहरू र मोडल दिनेश लिङ्खिम, प्रिती थलङ, प्रिन्स लिम्बू, कुमार वनेम, अस्मि मादेन, दिलिचा खवास, हिमा बराईली, हिना राई, निशा राईले अभिनय गरेका छन् । लिटल बुद्ध आवाशिय विद्यालयका ३१ जना विद्यार्थी र भानुजन माविका १० जना विद्यार्थीहरूले कोरस नृत्य गरेका छन् । आनि साक्थीम कला प्रशिक्षण केन्द्र ताप्लेजुङका २० जना केलाङ कलाकारले समेत आफ्नो नृत्य प्रस्तुत गरेका छन् । 

भिडियोको कोरियाग्राफी देउमान प्रताप पालुङवा र गंगा श्रेष्ठले गरेका छन् । ७५औं जन्मजयन्तीको उद्घाटन सत्र सँगै विमोचन गरिएको गीति वृत्तचित्र भावसागर इन्टरटेनमेन्ट युट्युब च्यानलबाट सार्वजनिक भएको छ । 

(भिडियो)

प्रकाशित मिति : 2:33 pm

साङधुङगे माङ्गेना कपलाई तीन लाख २५ हजार बढि नाफा

साहारा लिम्बू ताप्लेजुङ, मंसिर १९ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा

पाँचौ सिरिजङ्गा गोल्डकप : फाइनल प्रवेशका लागि आज झापा र तेह्रथुम भिड्दै 

ताप्लेजुङ, मंसिर २८ गते । पाँचौ सिरिजङ्गा गोल्डकपको दोस्रो सेमिफाइनल

मरिक एफसी धरान सिरिजङ्गा गोल्डकपको फाईनलमा प्रवेश

रेडियो काबेलीताप्लेजुङ । मरिक एफसी धरान तेल्लोकमा जारी पाँचौ सिरिजङ्गा

ऐतिहासिक पुषे मेला सञ्चलन हुँदै, भलिबल प्रतियोगितामा अन्तराष्ट्रिय टिमको सहभागी हुने 

साहारा लिम्बू  ताप्लेजुङ, मंसिर २७ गते । ताप्लेजुङमा ऐतिहासिक पुषे

सिरिजङ्गा गोल्डकपको सेमिफाइनल समीकरण पुरा, आज आयोजक र धरान भिड्दै

ताप्लेजुङ, मंसिर २७ गते । ताप्लेजुङको तेल्लोकमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण