ताप्लेजुङको शिरैमा सेतो जुहार गीति वृत्तचित्र विमोचन (भिडियोसहित)



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । भानुजन माविको ७५औं जन्म जयन्तीको अवसर पारि सोही विद्यालयका पूर्व विद्यार्थी इन्जिनियर वीरेन्द्र श्रेष्ठले स्वरबद्ध गरेको गीत ताप्लेजुङको शिरैमा सेतो जुहार बोलको गीत सार्वजनिक भएको छ ।  

यो गीतको अडियो तर्फ, वरिष्ठ साहित्यकार तथा ताप्लेजुङका सहायक प्रजिअ गीतकार टंक भट्टराईको शब्द, शंकर थापा (स्माइल) को संगीत, इ. विश्व अधिकारीको संगीत संयोजन, किशोर थापाको मिक्समास्टर र चर्चित गायिका तथा द भ्वाइसका ज्यूरी मिलन नेवार र इ. वीरेन्द्र श्रेष्ठको स्वर रहेको छ ।

ताप्लेजुङको उच्च हिमाली क्षेत्र कञ्चनजंघा, कुम्भकर्ण, सिन्जेमा ताल, ओलाङचुङगोला, दिक्की छ्योलिङ गुम्बा, तिम्बुङ पोखरी, फुङफङे झरना, तिनजुरे मिल्के लगायत जिल्लाका सबै पालिकाहरूलाई समेत यो भिडियोमा समेटिएको छ । 

जातीय विविधता अनुरूपकै सांस्कृतिक र मौलिक चलन साथै नृत्यहरुलाई समेटेर बनाइएको यो गीति वृत्तचित्रको छायांकनलाई दुई भागमा विभाजन गरेर बनाएको बताउँछन् यसै वृत्तचित्रका निर्माण संयोजक हर्कराज गुरुङ । वृत्तचित्र तर्फको छायांकन केशव अधिकारी र प्रकाश बस्नेतले सम्पादन गरेका छन् भने सांस्कृतिक तर्फको छायांकन सुभाष लिम्बूले गरेका छन् । 

ताप्लेजुङका माननीय लिलादेवी बोखिम, पूर्व मन्त्री बलबहादुर साम्सोहाङ, प्रजिअ हिरादेवी पौडेल, नगर उपप्रमुख भिमादेवी ओझा, घनेन्द्र मादेन, कृतीमान मादेन लगायत जिल्लाका प्रबुद्ध ६ दर्जन व्यक्तित्वहरू र मोडल दिनेश लिङ्खिम, प्रिती थलङ, प्रिन्स लिम्बू, कुमार वनेम, अस्मि मादेन, दिलिचा खवास, हिमा बराईली, हिना राई, निशा राईले अभिनय गरेका छन् । लिटल बुद्ध आवाशिय विद्यालयका ३१ जना विद्यार्थी र भानुजन माविका १० जना विद्यार्थीहरूले कोरस नृत्य गरेका छन् । आनि साक्थीम कला प्रशिक्षण केन्द्र ताप्लेजुङका २० जना केलाङ कलाकारले समेत आफ्नो नृत्य प्रस्तुत गरेका छन् । 

भिडियोको कोरियाग्राफी देउमान प्रताप पालुङवा र गंगा श्रेष्ठले गरेका छन् । ७५औं जन्मजयन्तीको उद्घाटन सत्र सँगै विमोचन गरिएको गीति वृत्तचित्र भावसागर इन्टरटेनमेन्ट युट्युब च्यानलबाट सार्वजनिक भएको छ । 

(भिडियो)

प्रकाशित मिति : 2:33 pm

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

ताप्लेजुङ, चैत १४ गते । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

ताप्लेजुङ, चैत १४ गते । पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

ताप्लेजुङ, चैत १३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र

सांसद थेबेले पहिलो महिनाको पारिश्रमिक आगेपा आधारभूत विद्यालयलाई प्रदान गर्ने

ताप्लेजुङ, चैत १३ गते । ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य क्षितिज

ताप्लेजुङ बज्रगुरु मन्त्रजपको पहिलो दिन १२ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, चैत्र १३ गते । सातौँ ताप्लेजुङ बज्रगुरु मन्त्रजप कार्यक्रमको