ताप्लेजुङको थिङ्लाबूस्थित सिन्धकाली आधारभूत विद्यालयमा नवनिर्मित मन्दिरको उद्घाटन



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ।  ताप्लेजुङको मेरिङदेन गाउँपालिका १ थिङ्लाबुस्थित थुङ्थापको सिन्धकाली आधारभूत विद्यालयमा नवनिर्मित मन्दिरको उद्घाटन भएको छ । सरस्वती पूजाको अवसरमा स्व. सुभान सिं चोङ्बाङक्याकको स्मृतिमा उहाँको छोरी हरिमाया चोङ्बाङक्याकद्वारा निर्माण गरिएको उक्त मन्दिरको उद्घाटन गरिएको हो । 

मन्दिरको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि मेरिङदेन गाउँपालिकाका अध्यक्ष यूक हां विर हाङ्गाम (डम्बर)ले गर्नु भएको मेरिङदेन गाउँपालिकाका सूचना अधिकारी जीतेन लिम्बूले जानकारी दिनु भएको छ । वि.स.२०७२ सालको भूकम्पले ध्वस्त पारेको उक्त विद्यालय गाउँपालिकाको निरन्तर पहल र सहकार्यबाट नयाँ भवन निर्माण भएको गाउँपालिका अध्यक्ष हाङ्गामले बताउँनुभयो । 

भौगोलिक हिसाबले सदरमुकाम र गाउँपालिका केन्द्रबाट टाढा रहेता पनि विद्यालयमा उल्लेखनीय विद्यार्थी संख्या रहेको १ नं. वडा अध्यक्ष सविन कुमार लिम्बूले बताउनुभयो । उक्त विद्यालय गुणस्तरीय पठनपाठनको हिसाबले मेरिङदेन गाउँपालिका १ नं. वडाको पहिलो आधारभूत विद्यालय रहेको उहाँको भनाई छ । 

विद्यालयमा अहिले १७ लाख अक्षयकोष रहेको प्रधानाध्यापक सन्त कुमार चोङ्बाङक्याकले जानकारी दिनुभएको छ । अक्षयकोषलाई ३० लाख सम्म पुर्याउने लक्ष्य रहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुरेन्द्र ओख्राबूले बताउनुभयो । 

कार्यक्रमको विशिष्ट अतिथिमा मेरिङदेन गाउँपालिका १ नं. वडाका वडाध्यक्ष सविन कुमार चङवाङको उपस्थिति रहेको थियो भने अतिथिमा १ नं. वडाका पुर्व वडाध्यक्ष लाक्पा तेम्बा शेर्पा, युनाईटेड वल्र्ड स्कुलका प्रतिनिधि तथा फिल्ड सुपरभाइजर भोला पौडेल लगायत अन्य समाजसेवी, जनप्रतिनिधि तथा शिक्षकहरूको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति : 1:00 pm

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई

फुङलिङका १४ माछा तथा मासु पसलमा अनुगमन

ताप्लेजुङ, असोज २७ गते । उपभोक्तालाई स्वच्छ, सुरक्षित र गुणस्तरीय

घरेलुले ताप्लेजुङमा ग्राफिक डिजाइन सम्बन्धी सीप विकास तालिम सञ्चालन गर्ने

ताप्लेजुङ, असोज २७ गते । घरेलु तथा साना उद्योग कार्यालय