पाँचथर गोल्डकपमा भारतसहित आठ टिमको सहभागी हुने



 फागुन १२ देखि सुरु हुने चौथो पाँचथर गोल्कप फुटबल प्रतियोगितामा नेपाल र भारतका आठ टिमले भाग लिने पक्का भएको छ। आयोजक पाँचथर क्लबले मंगलबार फिदिममा पत्रकार सम्मेलन आयोजना गर्दै सहभागी हुने टिम सार्वजनिक गरेको हो।

प्रतियोगितामा आयोजक पाँचथर क्लब सहित त्रिभुवन आर्मी क्लब काठमाडौँ, हिल्स फुटबल एकेडेमी भारत, राइटलेन एजुकेसन बाग्मती, यूथ क्लब सर्लाही, पथरी ११ फुटबल क्लब मोरङ, झापा फुटबल क्लब झापा, नमोबुद्ध युवा फुटबल क्लब सप्तरी र रेडहर्स फुटबल क्लब इलाम सहभागी हुनेछन्। 

प्रतियोगितामा प्रथम हुने टिमले पाँच लाख पाँच हजार पाँच सय ५५ रुपियाँ र दोस्रो हुने टिमले दुई लाख ५५ हजार पाँच सय ५५ रुपियाँ प्राप्त नगद सहित ट्रफी र मेडल प्राप्त  गर्नेछन्। 

प्रतियोगिताको म्यान अफ दी म्याचलाई पाँच हजार, वेस्ट कोच, हाई स्कोरर, वेस्ट डिफेण्डर, वेस्ट गोलकिपर र वेस्ट मिडफिल्डरलाई जनही १० हजारको दरले पुरस्कार प्रदान गर्ने आयोजकको तयारी छ। त्यस्तै राईजिङ प्लेयर र म्यान अफ दि टुर्नामेन्टलाई जनही १५ हजारको दरले पुरस्कार दिइने खेल संयोजक कमल तुम्रोकले जानकारी दिनुभयो।

हरेक दिनको खेलमा एक जना फ्यान अफ दी म्याच र एकजना सुटआउट हिरोलाई जनही दुई हजार पाँच सय प्रदान गर्ने घोषणा पनि आयोजकले गरेको छ। फागुन १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिता ५९ लाखको अनुमानित लागतमा सम्पन्न हुने आयोजकले जनाएको छ।

प्रकाशित मिति : 6:02 am

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई

फुङलिङका १४ माछा तथा मासु पसलमा अनुगमन

ताप्लेजुङ, असोज २७ गते । उपभोक्तालाई स्वच्छ, सुरक्षित र गुणस्तरीय

घरेलुले ताप्लेजुङमा ग्राफिक डिजाइन सम्बन्धी सीप विकास तालिम सञ्चालन गर्ने

ताप्लेजुङ, असोज २७ गते । घरेलु तथा साना उद्योग कार्यालय