६ राजनीतिक दलले भन्यो ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण गर्न हुँदैन 



ताप्लेजुङ । जनता समाजवादी पार्टी नेपालसहित  ६ राजनीतिक दलले ताप्लेजुङको पाथीभरा मुक्कुमलुङ क्षेत्रमा केबलकार निर्माण गर्न नहुने भनेका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै उक्त दलहरूले पाथीभरा पवित्र धार्मिक तथा ऐतिहासिक सांस्कृतिक स्थल भएकाले केबलकार निर्माण गर्न नहुने जनाएको हो ।

जनता समाजवादी पार्टीसहित संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी मोर्चा र लिम्बूवान क्रान्तिकारी पार्टीले केबलकार निर्माणविरुद्ध संयुक्त विज्ञप्ति निकालेका छन् । केबलकार निर्माण प्रक्रिया सुरु गर्नु धार्मिकस्थल साथै आदिवासीहरूको मौलिक पहिचानमाथि अतिक्रमण र हस्तक्षेप भएको विज्ञप्तिमा उल्लेख  गरिएको छ । 

त्यस्तै परियोजनाको प्रक्रिया सुरु गर्दैदेखि गलत नियत राखेको पाइएकाले परियोजनाको विरोध गर्नुपरेको पनि विज्ञप्तिमा जनाइएको छ । केबलकार परियोजना कार्यान्वयन गर्ने प्रक्रियासँगै जग्गा खरिद प्रकरण र पछिल्लो पटक सशस्त्र प्रहरी बलको बेस क्याम्प राख्ने विषय असह्य हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जिल्ला समन्वय समिति ताप्लेजुङको समन्वयमा सोमबार बसेको सर्वपक्षीय बैठकले भने केबलकार निर्माणको कामलाई अघि बढाउने निर्णय गरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्षसमेत रहनुभएका चन्द्रप्रसाद ढकालको नेतृत्वमा पाथीभरा मुक्कुमलुङ दर्शन केबलकार प्रालिले परियोजना निर्माण गर्नका गर्न लागेको हो । 

प्रकाशित मिति : 5:54 am

केबुलकार खारेजको माग गर्दै ताप्लेजुङ प्रदर्शन

सौगात विष्ट ताप्लेजुङ, माघ १७ गते । पाथिभरा मन्दिर (मुक्कुमलुङ)

हुलाक कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम

ताप्लेजुङ, माघ १६ गते । कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि जिल्ला

फक्ताङ्लुङद्वारा उच्च शिक्षा र प्राविधिकका विद्यार्थीलाई छात्रवृति

सौगात विष्टताप्लेजुङ, माघ १६ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले पालिकाका

प्रथम लिङ्तेप गोल्डकपको उपाधि पाँचथरलाई

 ताप्लेजुङ, माघ १३ गते । प्रथम लिङ्तेप गोल्डकपको उपाधि कुम्मायक कुसायक