१५ हजार जना नेपाली रुसी सेनामा भर्ना भएको सीएनएनको दाबी



काठमाडौं । अमेरिकी सञ्चारमाध्यम “सीएनएन” ले नेपालबाट १५ हजार जना नेपाली रुसी सेनामा भर्ना भएको दाबी गरेको छ । यो सङ्ख्या सरकारले अनुमान गरेभन्दा ७५ गुणा बढी हो ।

रुसी सरकारले गएको वर्ष विदेशी लडाकुलाई देशको सेनामा भर्ना हुनका लागि आकर्षक प्याकेज घोषणा गरेपछि १५ हजार जना नेपाली रुसी सेनामा भर्ना भएका विभिन्न स्रोतले बताएका सीएनएनले जनाएको छ । यो प्याकेजमा मासिक कम्तीमा दुई हजार अमेरिकी डलर तलब र चाँडोभन्दा चाँडो रुसी राहदानी ९पासपोर्ट० प्राप्त गर्ने प्रक्रिया पनि समावेश भएको खबरमा उल्लेख छ ।

सूचकाङ्कअनुसार नेपाली राहदानी विश्वव्यापी गतिशीलताका लागि संसारमा सबैभन्दा खराबमध्ये एक उत्तर कोरियाको भन्दा तल १०३ औँ स्थानमा छ । नेपाल सरकारले भने झन्डै दुई सय नागरिक रुसी सेनामा भर्ना भएको र युद्ध क्षेत्रमा कम्तीमा १३ जनाको ज्यान गएको बताएको छ । सांसद र अधिकारकर्मीहरूलेसरकारले भनेको सङ्ख्या निकै कम भएको हुन सक्ने बताउँदै आएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार युक्रेनले अहिले चार जना नेपालीलाई युद्धबन्दी बनाएको छ । रुसी सेनामा कति नेपाली भर्ना भएका छन् र अहिलेसम्म कति जनाको ज्यान गएको भन्ने प्रश्नमा रुसी विदेश मन्त्रालयले कुनै जवाफ नदिएको सीएनएनले जनाएको छ ।

रुसी सेनामा भर्ना हुन चाहने नेपाली पहिले पर्यटक भिसामा रुस जाने गरेका खबरमा उल्लेख छ । धेरैजसो व्यक्तिहरूले आफूहरू यूएई वा भारत हुँदै गएको बताएका छन् । मस्को पुगेपछि एक वर्षको सम्झौतामा हस्ताक्षर हुने र भर्ना हुनेहरूको रुसी बैंक खातामा कम्तीमा दुई हजार डलर जम्मा गरिने र कतिपयले त महिनामा चार हजार डलरसम्म कमाएको बताउँछन् ।

रुसी सेनामा भर्ना भएका कतिपय नेपालीले लडाइँमा पठाइनुअघि सामान्य तालिम मात्र लिएको बताएका छन् । नेपालीलाई लड्न पठाउनुअघि यस्तो छोटो प्रशिक्षण अवधिले रुसी सरकारको उदासीनता र अग्रपङ्क्तिमा मानव संशाधनको आवश्यकता देखिने नेपाली सेनाका अवकाशप्राप्त उपरथी एवम् रणनीतिक विश्लेषकको रूपमा कार्यरत बिनोज बस्न्यात बताउनुहुन्छ ।

नेपाल प्रहरीले नेपालीलाई रुसी सेनामा भर्ना गराउन पठाएको आरोपमा गएको महिना १८ जनालाई पक्राउ गरेको थियो । सरकारले अहिले नागरिकलाई कामका लागि रुस जान प्रतिबन्ध लगाएको छ भने पर्यटक भिसामा यूएई जस्ता देशमा जानेहरूलाई नियममा कडाइ गरेको छ । परराष्ट्र मन्त्रालयले गएको डिसेम्बरमा नेपाली नागरिक भर्ना नगर्न र युद्धमा ज्यान गुमाएकाहरूको शव स्वदेश पठाउन रुसलाई आग्रह गरेको थियो । उज्यालोअन्लाईनल

प्रकाशित मिति : 1:33 pm

महाशिवरात्रि फुटबलको उपाधि तेह्रथुमलाई

ताप्लेजुङ, चैत २२ गते । ताप्लेजुङमा सम्पन्न भएको विशेष महाशिवरात्रि

प्रहरीको आयोजनामा दौड प्रतियोगिता

ताप्लेजुङ, चैत २२ गते । जिल्ला प्रहरी कार्यालयले हरित पैदल

आईटी एकेडेमीबाट दीक्षित भएका प्रशिक्षार्थीलाई प्रमाणपत्र 

 ताप्लेजुङ, चैत १९ गते । ताप्लेजुङमा रहेको एक मात्र आईटी

मेरिङ्देन गाउँपालिकाले स्नातक तह अध्ययन गर्ने विद्यार्थीको शुल्क तिरिदिने 

ताप्लेजुङ, चैत १८ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले उच्च शिक्षा

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

ताप्लेजुङ, चैत १४ गते । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ