नक्कली सुन देखाएर ठग्ने ५ जना पक्राउ




भक्तपुर । भक्तपुरमा नक्कली सुन देखाएर ठगी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ घर भई भक्तपुरको बोडे बस्ने ३८ वर्षीय छुल्टीम लामा, ३३ वर्षीय राजेन्द्र तामाङ, २७ वर्षीय चिनबहादुर लामा, बाह्रबिसे–५ घर भई काठमाण्डौको मूलपानी बस्ने ३१ वर्षीय दावा दुण्डुप तामाङ र बाह्रबिसे–८ का ४८ वर्षीय जितबहादुर तामाङ रहेका जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठकले जानकारी दिनुभयो

यिनीहरूले रामेछापको दोरम्बा गाउँपालिका–४ घर भई अहिले भक्तपुरको मध्यपुथिमि नगरपालिकामा बस्ने २४ वर्षीया विनिता थापा मगरलाई फोन गरी एक केजी सुन छ लगानी गर्नुपर्‍यो, बेचेर भागबन्डा गरौँला भनी प्रलोभनमा पारेर दुई पटक गरी सात लाख ७५ हजार रुपैयाँ ठगेका प्रहरीले जनाएको छ ।

पैसा लिएपछि फरार भएकोमा उनीहरू अस्ती शुक्रवार र हिजो शनिवार बोडेबाट पक्राउ परेका थिए । उनीहरूको साथबाट दुई लाख ९६ हजार पाँच सय रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 11:01 am

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई

फुङलिङका १४ माछा तथा मासु पसलमा अनुगमन

ताप्लेजुङ, असोज २७ गते । उपभोक्तालाई स्वच्छ, सुरक्षित र गुणस्तरीय

घरेलुले ताप्लेजुङमा ग्राफिक डिजाइन सम्बन्धी सीप विकास तालिम सञ्चालन गर्ने

ताप्लेजुङ, असोज २७ गते । घरेलु तथा साना उद्योग कार्यालय