बाँसबारी छाला जुत्ता जग्गा प्रकरण : अरुण चौधरीसहित तीनै जना रिहा



बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा निजी स्वामित्वमा लगेको आरोपमा पक्राउ परेका उद्यमी अरुण चौधरीसहित तीनै जना रिहा भएका छन् ।

उद्यमी चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायाण सिंह थापा र चाँदबाग रेसिडेन्सीका सञ्चालक सञ्जय ठाकुरलाई हाजिरी जमानीमा रिहा गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यले जानकारी दिनुभयो ।

सीआईबीले तीनै जनालाई माघ १८ गते पक्राउ गरेको थियो । अस्ति सोमवार उनीहरूलाई हिरासतमा राख्न दोस्रो पटक म्याद थप्ने क्रममा जिल्ला अदालत काठमाण्डौले दुई दिनपछि थुनामुक्त गर्न आदेश दिएको थियो ।

सीआईबीका अनुसार २०४३ सालमा बाँसबारी कारखाना र चौधरी परिवारबीच लगानी प्रवर्द्धन सम्झौता भएदेखि नै सरकारी जग्गा निजी स्वामित्वमा पुर्‍याउने खेल शुरु भएको थियो । २०४४ सालमा दुई पटक गरी बाँसबारी जुत्ता कारखानाको १० रोपनी जग्गा च्याम्पियन फुटवेयर लिमिटेडको नाममा सारिएको थियो ।

पछि च्याम्पियन फुटवेयर लिमिटेडलाई कम्पनीमा परिवर्तन गर्दै नामै परिवर्तन गरी चाँदबाग रिसेडन्सीको स्वामित्वमा पुर्‍याइएको सीआईबीले जनाएको छ ।

प्रकाशित मिति : 10:51 am

पाथीभरा मन्दिरको प्रसाद मागबमोजिम हुलाकमार्फत ढुवानी गरिने

सौगात विष्टताप्लेजुङ, साउन २२ गते । जिल्ला हुलाक कार्यालय, ताप्लेजुङ

मैवाखोलामा ५४ फिटको ‘सिलाम साक्मा’ प्रतिमा, लिम्बू संस्कृतिको संरक्षणमा नयाँ पहल

ताप्लेजुङ, साउन २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले लिम्बू समुदायको

मैवाखोलाले विपन्न नागरिकको स्वास्थ्य बीमा गरिदिने

ताप्लेजुङ, साउन २१ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आर्थिक रूपमा

ताप्लेजुङमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

ताप्लेजुङ, साउन २१ गते । अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको

पालिका अध्यक्षको पारिश्रमिक अभिभावकविहीन बालबालिकालाई

ताप्लेजुङ, साउन २१ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन