राजतन्त्र फर्काउँछु भन्नु दिवा सपना हो: सांसद भट्टराई



ताप्लेजुङ । नेकपा एमालेका सचिव एवम् प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले राजतन्त्र फर्काउँछु भन्नु दिवा सपना र असम्भव कुरा भएको बताउनु भएको छ । प्रेस चौतारी नेपाल, ताप्लेजुङको २६ औँ स्थापना दिवस एवम् पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सांसद भट्टराईले सो कुरा बताउनु भएको हो । वाईसे चौबिसे राज्यलाई एक ठाउँमा ल्याएर पृथ्वीनारायण शाहले ठुलो काम गरेको बताउँदै नेपालको समृद्धि र विकासमा अन्य राजाको कुनै भूमिका नरहेको जिकिर गर्नुभयो । लोकतन्त्रको विकल्प भनेको अझै उन्नत स्तरको लोकतन्त्र हुनेमा उहाँले जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “नेपालमा पृथ्वीनारायण शाह बाहेक कुनै पनि राजाको भूमिका छ्रैन् । पृथ्वीनारायण शाहको भूमिका प्रशंसा योग्य छ । किनकी उहाँले नेपालको एकीकरण गर्ने काम गर्नुभयो । वाईसे चौबिसे राज्यलाई एक ठाउँमा ल्याउनु भयो । यदि त्यो नल्लाउनु भएको भए त्यो बेला ब्रिटिस साम्राज्यले कहाँ पु¥याथ्यो भन्न सकिन्न । तर एउटा विशाल राज्य नेपाल बनाउन उहाँको भूमिका प्रशंसनीय छ । पृथ्वी नारायण शाह बाहेक अन्य राजाहरूको नेपालको विकास र समृद्धिमा कुनै भूमिका छैन । यो इतिहासको यथार्थ हो । आज फेरी पुरानो राजतन्त्र फर्काउँछु भन्नु दिवा सपना हो ।

असम्भव कुरा हो । राजतन्त्र नेपालको इतिहास हो भविष्य होइन र वर्तमान पनि होइन । यसमा समय वर्वाद गरेर नेपाली जनतालाई दिग्भ्रमित गर्ने कोसिस केही कोणबाट भईरहेको छ । त्यो कुनै परिणाम निस्कीने खालको कुरापनि होइन । एउटा देशमा पटक पटक व्यवस्थाको परीक्षण हुँदैन । नेपालमा जुन लोकतान्त्रिक व्यवस्था हामीले अङ्गाली रहेका छौँ । यो व्यवस्था निर्विकल्प हो । व्यवस्था भित्र ति व्यवस्था सञ्चालन गर्ने व्यक्ति संस्थाहरू आलोचित हुन सक्छन् । उनीहरुको कमजोरी हुन सक्छन् । त्यसको विकल्प हुन सक्छ । लोकतन्त्रको विकल्प भनेको अझै उन्नत स्तरको लोकतन्त्र हुनसक्छ । लोकतन्त्रको विकल्प निरङ्कुशतन्त्र हुन सक्दैन प्रजातन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन । जुन व्यर्थको बहस नेपाली समाजमा चलाउन खोजीदैछ ।” साथै उहाँले अहिलेको सरकार चौतर्फीरुपमा असफल भएको समेत बताउनुभयो ।

प्रकाशित मिति : 1:12 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी