धार्मिक महत्व खतरामा पर्ने भन्दै सङ्खुवासभाको बरुण नदीमा विद्युत उत्पादन रोक लगाउन माग



सङ्खुवासभा । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा रहेको ऐतिहासिक एवम् धार्मिक महत्व बोकेको बरुण नदीबाट विद्युत उत्पादन गर्ने भएपछि यस नदीको अस्तित्व खतरामा पर्ने भएको छ ।

मौलिक पहिचानका साथै अलौकिक शक्ति रहेको भनिएको उक्त नदी संरक्षण हुन नसक्दा यसको महत्व गुम्ने खतरा बढेपछि विद्युत उत्पादनमा रोक लगाइएको भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाको १३ औँ बैठकबाट धार्मिक तथा सांस्कृतिक सम्पदा क्षेत्रअन्तर्गत पर्ने बरुण नदीबाट विद्युत उत्पादन रोक लगाउने निर्णय भएको थियो ।

नदीबाट १३२ मेगावाटको जलविद्युत आयोजना निर्माणका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत कात्तिक २३ गते निर्माण कम्पनीलाई अनुमति दिएको थियो । विद्युत उत्पादनका लागि विद्युत विकास विभागले धार्मिक तथा सांस्कृतिक सम्पदा क्षेत्रको अध्ययन नगरी निर्माण कम्पनीलाई कामको जिम्मा दिनु आपत्तिजनक भएको गाउँपालिकाका अध्यक्ष भोटेले बताउनुभयो ।

ऐतिहासिक महत्वको मौलिक पहिचानको अस्तित्व खलल पार्ने किसिमबाट भएका गतिविधि कुनै हालतमा मान्य नहुने उहाँको भनाइ थियो । बरुण नदीले ऐतिहासिक, धार्मिक एवम् मौलिक पहिचान बोकेकाले यहाँबाट बिजुली उत्पादन गर्न नदिने भन्दै स्थानीयवासीले विरोध गरेका छन् । गोमुख गङ्गाको शिर बरुण नदी भएकाले ८४ हजार पितृको उद्धारका लागि शिवजीले जटा फिँजाएर गङ्गाबाट सेचन लिएको स्थानका रुपमा यसलाई लिने गरिएको पौराणिक मान्यता छ ।

यसरी पौराणिक महत्व बोकेको नदीको अहिले संरक्षण नहुँदा भविष्यमा यसको अस्तित्व हराउन सक्ने स्थानीयवासी बताउँछन् । सत्ययुगमा जलका देवता इन्द्रले संरक्षण गरेका चार दिक्पालमध्ये दोस्रो दिक्पालका रूपमा बरूणलाई लिइएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । यस नदीको पानीको रङ अन्य नदीकोभन्दा फरक अर्थात् नीलो छ ।

बरुण नदी किनारमा माघ १ गते लाग्ने मकर मेला, भोट क्षेत्र र तल्लो क्षेत्रका बासिन्दाबीचमा भेटघाट गर्ने मुख्य थलोका रूपमा लिइने गरिन्छ । बरुण नदीलाई हिन्दू तथा बौद्ध धर्मावलम्बीले उत्तिकै महत्वका साथ हेर्ने गर्दछन् । अरुण र बरुण नदीलाई मामा र भाञ्जाको सङ्ज्ञा पनि दिने गरिएको छ ।

प्रकाशित मिति : 12:59 am

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी