प्रेस चौतारी नेपाल ताप्लेजुङले तीन पत्रकारलाई पुरस्कृत गर्ने



ताप्लेजुङ । प्रेस चौतारी नेपाल ताप्लेजुङले तीन जना ताप्लेजुङमा कार्यरत पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । स्थापना दिवसको अवसर पारेर चौतारीले विभिन्न पत्रकारिता पुरस्कारबाट तीन जना पत्रकारलाई पुरस्कृत गर्ने भएको हो ।

मंगलबार बसेको  प्रेस चौतारी ताप्लेजुङको बैठकले यस वर्षको प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट पत्रकार महासङ्घका निवर्तमान सचिव रविन भट्टराई, जयमती कर्ण बहादुर पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष तथा नयाँपत्रिका दैनिकमा संवाददाता केशब भटटराई र अग्नि प्रसाद भिमादेबी पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासंघका उपाध्यक्ष तथा रेडियो तमोरमा कार्यरत पत्रकार गंगा लिङखिमलाई पुरस्कृत गर्ने निर्णय गरेको प्रेस चौतारी नेपाल ताप्लेजुङले जनाएका छ ।

चौतारीले आफ्नो २६औं स्थापना दिवसको अवसरमा नेकपा एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईको प्रमुख आतिथ्यतामा कार्यक्रम गर्ने भएको छ । 

प्रकाशित मिति : 5:55 am

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो