पाथीभरा (मुक्कुमलुङ) मा केबलकार निर्माण गर्न नहुने भन्दै ताप्लेजुङमा जनप्रर्दशन (फोटो फिचर)



एलिना दियाली
ताप्लेजुङ । ताप्लेजुङस्थित  पाथीभरा (मुक्कुमलुङ) मा केबलकार निर्माण गर्न नहुने अडान दोहो¥याउँदै सोमवार सदरमुकाम फुङलिङमा जनप्रर्दशन भएको छ ।मुक्कुमलुङ संयुक्त संघर्ष समिति, केवलकार निर्माण खारेजी संयुक्त संघर्ष समिति, किराँत याक्थुङ चुम्लुङ,प्रदेश नं १ पुनःनामाङ्कन संयुक्त संघर्ष समिति,किराँत धर्म तथा साहित्य उत्थान संघ,पहिचानका लागि युवा समिति, मुक्कुमलुङ  फासिङ तान्सेःप् चुम्भो सहित विभिन्न सङ्घसंस्थाहरूले संयुक्त रुपमा  जनप्रर्दशन गरेका हुन् ।

तमोर अस्पतालबाट सुरु भएको जनप्रर्दशनमा  मुक्मलुङ आन्दोलन जारी छ,मुक्मुलुङ हाम्रो चोत्लुङ हो ,मुन्धुमीस्थलको माथिमाथि केबलकार कुदाउन पाँईदैंन,राष्ट्रिय फूल लालीगुराँस काट्न पाईँदैन, धार्मिक स्थल पवित्र राखौँ प्रकृति पूजकहरु एक होऔं,’जस्ता नारा सहित नगरपालिका पुगेर तोक्मे डाँडामा पुगेर कोण सभामा परिणत भएको थियो ।

पौष ६ गते समन्वय समितिमा भएको सर्वपक्षिय छलफलमा पाथीभरा (मुक्कुमलुङ) दर्शन केबलकार प्रालिका अध्यक्ष चन्द्र ढकालले  भने सहज वातावरण भए काम सुरु गरेको १३ महिनाभित्रमा केबलकार निर्माण सम्पन्न गर्ने बताएका थिए । 

जनप्रर्दशनमा सहभागिता जनाउन राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वा, किराँत याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेन,प्रदेश नं १ पुनःनामाङ्कन संयुक्त संघर्ष समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिम र लिम्बू थरगत संस्था (याक्थुङ सयङ ) मूल अभियान सहजीकरण समूहका नन्द कन्दङ्वा सहितका पहिचान पक्षधर नेताहरु फुङलिङमा आईपुगेका थिए ।  पछिल्लो समय पाथीभरा (मुक्मलुङ) क्षेत्रमा केबलकार बनाउने र नबनाउने भन्ने विषयले चर्चा पाएको छ । 

प्रकाशित मिति : 1:59 pm

पाथीभरा याङवरक गाउँपालिकाद्धारा गोलिया काठ निकसिमा रोक

सौगात विष्टताप्लेजुङ, जेठ ६ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले

ओलाङचुङगोला भन्सार कार्यालय सञ्चालनमा

ताप्लेजुङ, जेठ ६ गते । लामो समयदेखि कर्मचारी अभावका कारण

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम 

ताप्लेजुङ, जेठ ६ गते । प्रसिद्ध शक्ति पीठ पाथीभरा मन्दिर

ओझागाउँ आधारभूत विद्यालयको नयाँ भवन उद्‌घाटन

सौगात विष्टताप्लेजुङ, जेठ ५ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङस्थित

फुङ्लिङ–याम्फुदिन–कञ्चनजङ्घा बेस क्याम्प सडक कालोपत्रे कार्यको शिलान्यास

ताप्लेजुङ, जेठ ४ गते । ताप्लेजुङको फुङ्लिङ (तोक्मेडाँडा)–दोखु–कामीडाँडा–थेचम्बु–चाक्सिबोटे–खाम्देम्बे–तेल्लोक–याम्फुदिन हुँदै कञ्चनजङ्घा