रेडियो तमोर १०२ मेगाहर्ज १७ औँ वर्षमा प्रवेश




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको पहिलो सामुदायिक रेडियो, रेडियो तमोर १०२ मेगाहर्ज आईतबार (आज) बाट १६ औँ वर्ष पुरा गरि १७ औँ वर्षमा प्रवेश गरेको छ । बि. सं.२०६४ सालमा स्थापना भएको रेडियो तमोर १०२ मेगाहर्जले १६ औँ बसन्त पार गरी १७ औँ वर्षमा प्रवेश गरेको हो । स्थापना कालदेखि करिब डेढ दशकसम्म बिहान र बेलुका मात्र प्रसारण हुँदै आएको रेडियोले बि. सं. २०७७ साल असोज १ गतेदेखि आफ्नो प्रसारण समयावधिलाई बढाएर हाल दैनिक १७ घण्टा प्रसारण गरिरहेको छ ।

जिल्लाका आवाज बिहीनहरुको आवाजलाई उजार गर्ने उद्देश्यका साथ स्थापित रेडियोले हालसम्म निरन्तर निष्पक्ष  रुपमा समाचारहरू सम्प्रेषण गरिरहेको छ । १७ औँ वर्षमा  आइपुग्दा रेडियोलाई सहयोग गर्नुहुने सम्पूर्ण शुभचिन्तकप्रति सञ्चालक समितिका अध्यक्ष रमेश बरालले  आभार तथा धन्यवाद समेत प्रकट गरेका छन् ।

त्यस्तै स्टेशन मेनेजर कृष्ण फुरुम्बुले प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै स्रोताको सल्लाह सुझाव अनुसार समाचार एवम् कार्यक्रमहरू प्रसारण गरिने बताए । 

प्रकाशित मिति : 2:47 pm

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी

कञ्चनजंघा सहकारीको नाफा १३ लाख ९५ हजार

ताप्लेजुङ, असोज १६ गते । कञ्चनजंघा सामुदायिक बहुमुखी सहकारी संस्था