रेडियो तमोर १०२ मेगाहर्ज १७ औँ वर्षमा प्रवेश




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको पहिलो सामुदायिक रेडियो, रेडियो तमोर १०२ मेगाहर्ज आईतबार (आज) बाट १६ औँ वर्ष पुरा गरि १७ औँ वर्षमा प्रवेश गरेको छ । बि. सं.२०६४ सालमा स्थापना भएको रेडियो तमोर १०२ मेगाहर्जले १६ औँ बसन्त पार गरी १७ औँ वर्षमा प्रवेश गरेको हो । स्थापना कालदेखि करिब डेढ दशकसम्म बिहान र बेलुका मात्र प्रसारण हुँदै आएको रेडियोले बि. सं. २०७७ साल असोज १ गतेदेखि आफ्नो प्रसारण समयावधिलाई बढाएर हाल दैनिक १७ घण्टा प्रसारण गरिरहेको छ ।

जिल्लाका आवाज बिहीनहरुको आवाजलाई उजार गर्ने उद्देश्यका साथ स्थापित रेडियोले हालसम्म निरन्तर निष्पक्ष  रुपमा समाचारहरू सम्प्रेषण गरिरहेको छ । १७ औँ वर्षमा  आइपुग्दा रेडियोलाई सहयोग गर्नुहुने सम्पूर्ण शुभचिन्तकप्रति सञ्चालक समितिका अध्यक्ष रमेश बरालले  आभार तथा धन्यवाद समेत प्रकट गरेका छन् ।

त्यस्तै स्टेशन मेनेजर कृष्ण फुरुम्बुले प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै स्रोताको सल्लाह सुझाव अनुसार समाचार एवम् कार्यक्रमहरू प्रसारण गरिने बताए । 

प्रकाशित मिति : 2:47 pm

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो