मेरिङदेन गाउँपालिका वडा नं. २ द्धारा विद्यालयलाई न्यानो कपडा वितरण




रेडियो काबेली
ताप्लेजुङ । मेरिङदेन गाउँपालिका वडा नं. २ ले विद्यालयलाई न्यानो कपडा वितरण गरेको छ । वडा नंं. २ ले आर्थिक वर्ष २०८०÷८१ का लागि विनियोति ६ लाख बजेटबाट न्यानो कपडा वितरण गरिएको वडा सदस्य पेम्बा शेर्पाले जानकारी दिए ।

उनका अुनसार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रत्नेश्वर प्रसाद शाह, वडा अध्यक्ष तेज कुमार चङबाङ, कार्यपालिका सदस्यहरु साम्याङ शेर्पा, अमृता मगर शेर्पा र विमला वि.क.को उपस्थितीमा बिहिबार (आज) सिंहदेवी आधारभुत विद्यालयबाट न्यानो कपडा वितरण कार्य सुरु गरिएको छ ।

अब क्रमश वडामा रहेका ६ वटा आधाभुत, एउटा माध्यमिक र एउटा बाल विकास सिकाई केन्द्रका सबै विद्यार्धीलाई न्यानो कपडा वितरण गरिने वडाले जनाएको छ । चिसो कारण विधार्थीहरुलाई पढ्न असहज नहोस भन्ने उद्देश्यले न्यानो कपडा वितरण गरिएको वडा अध्यक्ष चोङबाङले बताए ।

प्रकाशित मिति : 1:33 pm

दोभान आगलागीपीडितलाई पाँच लाख ६० हजार राहत

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३, दोभान बजारमा

फुङलिङमा सीमा सुरक्षा बैठक हुँदै

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङ र चीनको स्वशासित क्षेत्र

सडक स्तरोन्नतिपछि मैवाखोलामा नयाँ भाडादर कायम

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सार्वजनिक सवारी

दोभान बजारका आगलागी पीडितलाई नेवा : समाजको राहत

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य