ताप्लेजुङको नाल्बूमा आगलागी हुँदा एक घर जलेर नष्ट 



ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाको नाल्बूमा एक घर जलेर पूर्णरुप नष्ट भएको छ । मेरिङदेन गाउँपालिका वडा नं. ६ नाल्बू निवासी कर्ण प्रसाद तुम्बाहाङफेको तिल तले घरमा आज दिउसो १:३५ बजे आगलागी हुँदा जलेर नष्ट भएको हो । 

तुम्बाहाङफेको बाहिरबाट सिमेन्ट, बालुवाले ढलाई गरेको तीन तले घर जलेर पूर्ण रुपमा नष्ट भएको मेरिङदेन गाउँपालिकाका सूचना अधिकारी जितेन लिम्बूले जानकारी दिनु भएको छ  ।

आगलागीमा के कति क्षति भयो भन्ने कुराको विस्तृत विवरण आउन बाँकी रहेको मेरिङदेन गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष मनोज कुमार तुम्बाहाम्फेले बताउँनुभयो । 

प्रकाशित मिति : 10:43 am

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका