एक व्यापारीले आफ्नै घरको ५ तलाबाट हाम फालेर गरे आत्महत्या



रेडियो काबेली

कैलाली । धनगढीका एक व्यापारीले आत्महत्या गरेका छन् । धनगढी बसपार्कस्थित सन्दीप स्टोरका सञ्चालकले ५ तलाबाट हाम फालेका थिए। शृङ्गारको व्यवसाय सञ्चालन गर्दै आएका सन्तोष अग्रवाल बुधबार बिहान भवनबाट हाम फालेको दृश्य उनका छिमेकीहरूले कैद गरेका थिए ।

करिब ११ बजेर २० मिनेटमा ५३ वर्षका सन्तोष अग्रवालले आफ्नै घरको ५ तलाबाट हाम फालेका थिए। त्यसपछि उनलाई उपचारका लागि नवजीवन अस्पताल लगिएको थियो जहाँ उपचारको क्रममा उनको मृत्यु भएको हो ।

पत्नी र दुई छोरा रहेका अग्रवाल छतको रेलिङबाट केही तल झरेर आत्महत्या गरेका थिए ।उनलाई हाम नफाल्न समेत स्थानीयले आग्रह गरेका थिए ।

प्रकाशित मिति : 9:15 am

ताप्लेजुङमा दृष्टिविहीनका लागि आधारभूत कम्प्युटर तालिम सुरु

ताप्लेजुङ, पुस ५ गते । ताप्लेजुङमा दृष्टिविहीनका लागि आधारभूत कम्प्युटर

पुस १५ गतेदेखि प्रथम मानाभारा गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमा प्रथम

सिरिजङ्घाको फुन्द्रवा भीरमा सडक निर्माणको क्रममा पहिरो झर्दा स्काभेटर पु¥यो

ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पहिरोले स्काभेटर

नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रद्वारा दाताहरूलाई सम्मान

रेडियो काबेलीताप्लेजुङ। नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा