स्वमूल्याङ्कनमा ताप्लेजुङको मैवाखोलाले पायो ९०.५ प्रतिशत अङ्क 



ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले बार्षिक कार्य सम्पादनहरुको संस्थागत क्षमता स्वमूल्याङ्कन सार्वजनिक गरेको छ । पालिकाले संस्थागत क्षमता स्वमूल्याङ्कनमा ९० प्रतिशत बढी नतिजा प्राप्त भएको सूची सार्वजनिक गरेको हो ।

१० वटा विषयगत क्षेत्रको सूचक अनुसार स्वमूल्याङ्कनमा ९०.५ प्रतिशत अङ्क प्राप्त भएको मैवाखोला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनले जानकारी दिनुभएको छ । 

उहाँका अनुसार स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि २०७७ को अधीनमा रही पालिकाले १० वटा विषय क्षेत्रको सूचक अनुसार स्वमूल्याङ्कन गरी नतिजा प्रकाशन गरेको हो । 

जस अनुसार कूल सय पूर्णाङ्कको स्वमूल्याङ्कनमा पालिकाले ९०.५ अङ्क प्राप्त गरेको जनाएको छ । ९ पूर्णाङ्कमा ८६.११ प्रतिशत अर्थात् ७।७५ अङ्क प्राप्त भएको गोम्देनको भनाई छ । यस्तै ८ पूर्णाङ्कको संगठन तथा प्रशासन ९३.६५ प्रतिशत अर्थात् ७.५ अङ्क प्राप्त भएको छ । 

साथै ११ पूर्णाङ्कको वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ९५.४५ प्रतिशत अर्थात् १०.५ अङ्क र ११ पूर्णाङ्ककै वित्तीय एवम् आर्थिक व्यवस्थापनमा १० अङ्क अर्थात् ९०.९१ प्रतिशत नतिजा प्राप्त भएको पालिकाले जनाएको छ ।

पालिकाले १६ अङ्कको सेवा प्रवाह सम्बन्धी सूचकमा सत प्रतिशत अङ्क दिएको छ । ७ अङ्कको न्यायिक कार्य सम्पादनमा ८५.७१ प्रतिशत अर्थात् ६ अङ्क दिएको पालिकाले १३ पूर्णाङ्कको भौतिक पूर्वाधार सम्बन्धी सूचकमा ९ अङ्क अर्थात् ६९.२३ प्रतिशत नतिजा दिएको छ । 

यस्तै १० पूर्णाङ्कको सामाजिक समावेशीकरणमा ९० प्रतिशत अर्थात् ९ अङ्क दिएको छ भने ९ पूर्णाङ्कको वातावरण संरक्षण तथा बिपद् व्यवस्थापनमा सत प्रतिशत अङ्क दिएको छ । ६ पूर्णाङ्कको समन्वय र सहकार्य सूचकमा ९०.५ प्रतिशत अर्थात् ५.७५ अङ्क दिएको छ । eujyalopost.com

प्रकाशित मिति : 12:48 pm

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई