स्वमूल्याङ्कनमा ताप्लेजुङको मैवाखोलाले पायो ९०.५ प्रतिशत अङ्क 



ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले बार्षिक कार्य सम्पादनहरुको संस्थागत क्षमता स्वमूल्याङ्कन सार्वजनिक गरेको छ । पालिकाले संस्थागत क्षमता स्वमूल्याङ्कनमा ९० प्रतिशत बढी नतिजा प्राप्त भएको सूची सार्वजनिक गरेको हो ।

१० वटा विषयगत क्षेत्रको सूचक अनुसार स्वमूल्याङ्कनमा ९०.५ प्रतिशत अङ्क प्राप्त भएको मैवाखोला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनले जानकारी दिनुभएको छ । 

उहाँका अनुसार स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि २०७७ को अधीनमा रही पालिकाले १० वटा विषय क्षेत्रको सूचक अनुसार स्वमूल्याङ्कन गरी नतिजा प्रकाशन गरेको हो । 

जस अनुसार कूल सय पूर्णाङ्कको स्वमूल्याङ्कनमा पालिकाले ९०.५ अङ्क प्राप्त गरेको जनाएको छ । ९ पूर्णाङ्कमा ८६.११ प्रतिशत अर्थात् ७।७५ अङ्क प्राप्त भएको गोम्देनको भनाई छ । यस्तै ८ पूर्णाङ्कको संगठन तथा प्रशासन ९३.६५ प्रतिशत अर्थात् ७.५ अङ्क प्राप्त भएको छ । 

साथै ११ पूर्णाङ्कको वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ९५.४५ प्रतिशत अर्थात् १०.५ अङ्क र ११ पूर्णाङ्ककै वित्तीय एवम् आर्थिक व्यवस्थापनमा १० अङ्क अर्थात् ९०.९१ प्रतिशत नतिजा प्राप्त भएको पालिकाले जनाएको छ ।

पालिकाले १६ अङ्कको सेवा प्रवाह सम्बन्धी सूचकमा सत प्रतिशत अङ्क दिएको छ । ७ अङ्कको न्यायिक कार्य सम्पादनमा ८५.७१ प्रतिशत अर्थात् ६ अङ्क दिएको पालिकाले १३ पूर्णाङ्कको भौतिक पूर्वाधार सम्बन्धी सूचकमा ९ अङ्क अर्थात् ६९.२३ प्रतिशत नतिजा दिएको छ । 

यस्तै १० पूर्णाङ्कको सामाजिक समावेशीकरणमा ९० प्रतिशत अर्थात् ९ अङ्क दिएको छ भने ९ पूर्णाङ्कको वातावरण संरक्षण तथा बिपद् व्यवस्थापनमा सत प्रतिशत अङ्क दिएको छ । ६ पूर्णाङ्कको समन्वय र सहकार्य सूचकमा ९०.५ प्रतिशत अर्थात् ५.७५ अङ्क दिएको छ । eujyalopost.com

प्रकाशित मिति : 12:48 pm

प्रधानमन्त्री बन्न पार्टी खोलेको मेयर हर्क साम्पाङको भनाई 

साहारा लिम्बू ताप्लेजुङ, मंसिर ११ गते । धरान उपमहानगरपालिकाका मेयर तथा

फक्ताङ्लुङका विकट गाउँका लाभग्राहीलाई घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

ताप्लेजुङ, मंसिर ११ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित दुर्गम तथा

धरानका मेयर हर्क साम्पाङ फुङलिङ आउँदै

ताप्लेजुङ, मंसिर ११ गते । ताप्लेजुङमा श्रम संस्कृति पार्टीको सङ्गठन

तेम्बा बजारका  आगलागी पीडितलाई काङ्ग्रेसको आर्थिक सहयोग 

ताप्लेजुङ, मंसिर १० गते । ताप्लेजुङको तेम्बा बजारका  आगलागी पीडितलाई