१२ वर्षमा पहिलो पटक एप्पल बन्यो सबैभन्दा धेरै स्मार्टफोन बेच्ने कम्पनी



एजेन्सी । अमेरिकी कम्पनी एप्पल सबैभन्दा धेरै स्मार्टफोन बेच्ने कम्पनी बनेको छ । १२ वर्षमा पहिलो पटक कोरियाली ‘ब्रान्ड’ सामसङलाई पछि पार्दै एप्पल सन् २०२३ मा सबैभन्दा धेरै स्मार्टफोन बेच्ने कम्पनी बनेको बीबीसीले जनाएको छ ।

‘इन्टरनेशनल डाटा कर्पोरेशन’ (आईडीसी) को तथ्याङ्कअनुसार सन् २०२३ मा एप्पलले २३ करोड २४ लाख थान स्मार्टफोन बेचेको थियो । यस्तै सामसङले २२ करोड ६० लाख थान स्मार्टफोन बेचेको थियो । यसैगरी साओमीले १४ करोड ५० लाख र ओप्पोले १० करोड ३१ लाख थान स्मार्टफोन बेचेका आईडीसीको तथ्याङ्कमा उल्लेख छ ।

स्मार्टफोन बजारमा एप्पलको हिस्सा २० दशमलव १ प्रतिशत छ भने दोस्रो स्थानमा रहेको सामसङको हिस्सा १९ दशमलव ४ प्रतिशत छ ।

आईडीसीका अनुसार गएको वर्ष १ अर्ब २० करोड थान स्मार्टफोन बेचिएको थियो । यो सङ्ख्या सन् २०२२ को तुलनामा ३ प्रतिशतले कमी हो । यो सङ्ख्या पछिल्लो दशकको सबैभन्दा कम हो ।

बढ्दो नियामक चुनौती र चीनमा हुवावेसँगको प्रतिस्पर्धाका बाबजुद एप्पलले यो उपलब्धि हासिल गरेको आईडीसीले बताएको छ । एप्पलको आक्रामक योजना र ब्याजरहित किस्ता सुविधाले पनि बिक्री बढेको खबरमा उल्लेख छ ।

प्रकाशित मिति : 12:44 pm

अरिङ्गाल झार्ने क्रममा लडेर एक जनाको मृत्यु

ताप्लेजुङ, असोज १५ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–१ का एक

दशौँ राष्ट्रिय खेलकुदका लागि ताप्लेजुङबाट ३२ विधामा खेलाडी छनोट हुने, नाम दर्ता गराउन आह्वान

ताप्लेजुङ, असोज १५ गते । ताप्लेजुङबाट दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका

कांग्रेस ताप्लेजुङ ‘क’ को सभापतिमा खिम्दिङ विजयी

ताप्लेजुङ, असोज १५ गते । नेपाली कांग्रेस ताप्लेजुङको प्रदेशसभा निर्वाचन

शैक्षिक उन्नतिका लागि मयाम माध्यमिक विद्यालयमा २ लाखको अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १४ गते । पूर्व विद्यार्थी तथा समाजसेवी व्यक्तिहरूले

फुङ्लिङ नगरपालिकाद्धारा राष्ट्रिय खेलकुदको तयारीका लागि टेबल टेनिस बोर्ड हस्तान्तरण

ताप्लेजुङ, असोज १४ गते । जिल्ला खेलकुद विकास समिति ताप्लेजुङलाई