खुकुरी रमदेखि ब्ल्याक लेबलसम्म नक्कली बनाएर बेच्ने ९ जना पक्राउ



रेडियो काबेली
ताप्लेजुङ । नक्कली जाँड–रक्सी बनाएर बेच्ने ९ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीबाट पक्राउ गरेको हो ।

मनोहराका भरत थापाको २ तले घर भाडामा लिएर नक्कली जाँड–रक्सी बनाउने गरेको फेला परेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

नक्कली जाँड–रक्सी बनाएर बेच्ने गरेको आरोपमा रामेछापका २८ वर्षीय मनोज खत्री, ३६ वर्षीय विनोदकुमार कार्की, २० वर्षीय मनिष खत्री, २३ वर्षीय महेश खत्री , सिन्धुपाल्चोकका २७ वर्षीय मोहन खड्का, र १८ वर्षका युवक, सिन्धुलीका २८ वर्षीय गौरव तामाङ, ४० वर्षीय लेकविक्रम थापा वर्ष २८ का मनोज खत्री र काठमाण्डौका ३६ वर्षीय सुमन नगरकोटी पक्राउ परेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् प्रवक्ता मिलन केसीले जानकारी दिए।

स्वदेशी तथा विदेशी ब्रान्डका गुणस्तरहीन नक्कली जाँड–रक्सी उत्पादन गरी कालोबजारी भइरहेको सूचनाका आधारमा खोजी गरिएको र विभिन्न रक्सीका खाली बोतल, आन्तरिक राजस्व विभागको अन्तःशुल्कको स्टिकरसहित अरू सामग्री बरामद भएको कार्यालयका प्रवक्ता केसीको भनाई छ ।

प्रकाशित मिति : 10:01 am

दोभान आगलागीपीडितलाई पाँच लाख ६० हजार राहत

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३, दोभान बजारमा

फुङलिङमा सीमा सुरक्षा बैठक हुँदै

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङ र चीनको स्वशासित क्षेत्र

सडक स्तरोन्नतिपछि मैवाखोलामा नयाँ भाडादर कायम

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सार्वजनिक सवारी

दोभान बजारका आगलागी पीडितलाई नेवा : समाजको राहत

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य