जाडो बढेपछि सुनसरीका विद्यालय तिन दिन बन्द



रेडियो काबेली

ताप्लेजुङ। शीतलहर र चिसो बढेपछि सुनसरीका प्रायः सबै स्थानीय तहले विद्यालय बन्द गर्ने निणर्य गरेको छ । जिल्ला सदरमुकाम इनरुवासहित इटहरी उपमहानगरपालिकाले माघ ३ गते आजबाट माघ ५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

केही दिनदेखि जाडो बढ्दै गएपछि विद्यार्थीहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै नगरपालिका र उपमहानगरपालिकाले तीन दिन विद्यालय बन्द गरेको जानकारी दिएको छ । इनरुवा नगरपालिकाले यसअघि माघ २ गतेसमम बन्द गरेकोमा जाडो कम नभएपछि माघ ५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा शाखा प्रमुख डिल्लीराज निरौलाले जानकारी दिए।

जाडो बढेपछि इनरुवा, इटहरी, गढीसहित सुनसरीका प्रायः सबै विद्यालय बन्द गरेको छ । उता इटहरी उपमहानगरपालिकाले समेत बुधबारदेखि माघ ५ गतेसम्म विद्यालय बन्द रहने उपमहानगरका शिक्षा अधिकृत द्रोणप्रसाद दाहालले बताउनुभयो । उपमहानगरले सम्पूर्ण सामुदायिक, धार्मिक र बालविकास केन्द्रहरुलाई पत्राचार गर्दै वर्षे बिदाबाट कट्टा हुनेगरी विद्यालय बन्द गर्न निर्देशन दिएको हो ।

पत्रमा लेखिएको छ, “अत्यधिक चिसो तथा शीतलहरको कारण दैनिक रुपमा पठनपाठनमा प्रभाव परेको हुँदा सञ्चित ९मीन पचास० वर्षे बिदाबाट कट्टा हुने गरी मिति २०८०–१०–०३ देखि २०८०–१०–०५ सम्म तीन दिन मात्र यस उपमहानगरपालिकाभित्र सञ्चालित सामुदायिक, धार्मिक, बालविकास केन्द्रहरु बन्द गरिएको हुँदा सोहीबमोजिम गर्नु–गराउनु हुन जानकारी गराइन्छ ।”

प्रकाशित मिति : 9:50 am

प्रतिकूल मौसमका कारण फक्ताङलुङका विद्यालय तीन दिन बन्द

ताप्लेजुङ, असोज ८ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रतिकूल मौसमका

घुन्सा हेलिकोप्टर दुर्घटनाको दुई दशक : संरक्षणकर्मीको योगदान स्मरण

ताप्लेजुङ, असोज ७ गते । वातावरण तथा भू–संरक्षण क्षेत्रमा योगदान

भारी वर्षाको सम्भावना भएको भन्दै पाथीभरा याङवरकद्धारा सतर्क रहन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले आगामी

ताप्लेजुङमा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङमा तीन दिन उच्च सतर्कता

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ