दुई वर्ष पछि बढ्न थाल्यो घरजग्गा कारोबार, पुषमा साढे ३ अर्ब राजस्व संकलन



सरकारको अस्थिर नीतिका कारण पछिल्लो २ वर्षदेखि कम भएको घरजग्गा कारोबार अब बढ्न थालेको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गएको पुसमा घरजग्गा किनबेचबाट सरकारले ३ अर्ब ५१ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । मङ्सिरको तुलनामा पुषमा राजस्व सङ्कलन ६५ करोड रुपैयाँले धेरै हो ।

चालु आर्थिक वर्षमा घरजग्गा किनबेचबाट साउनमा २ अर्ब ९१ करोड, भदौमा ३ अर्ब, असोजमा ४ अर्ब र कात्तिकमा २ अर्ब १६ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

पुषमा देशभरका मालपोत कार्यालयबाट ४५ हजार २ सय ७७ वटा लिखत पारित भएको छ । मङ्सिरको तुलनामा पुषमा लिखत पारित ३ हजार ४ सय २६ वटाले बढी हो ।

सरकारको कित्ताकाट नीति र जग्गाको वर्गीकरण तथा विभिन्न कानुनी अन्योलका कारण पछिल्लो २ वर्षदेखि घरजग्गा कारोबार खुम्चिँदै आएको थियो । तर अहिले कित्ताकाट खुकुलो र बैंक ब्याजदर निरन्तर घट्दै गएपछि घरजग्गा बजार केही चलायमान बनेको हो ।

सरकारले गएको साउनमा कित्ताकाट फुकुवा गर्दै सहज बनाएको थियो । त्यस्तै घरजग्गा कारोबारलाई सहज बनाउन नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत कर्जाको सीमा बढाएको थियो ।

प्रकाशित मिति : 1:10 am

पाथीभरामा ४९ लाख ८७ हजार २०० भेटी सङ्कलन

ताप्लेजुङ, मङ्सिर २ गते । ताप्लेजुङको पाथीभरामा एक महिनामा ४९

ताप्लेजुङमा मनाइयो चासोक तङ्नाम (फोटोफिचर)

ताप्लेजुङ, मङ्सिर १ गते । ताप्लेजुङमा लिम्बू समुदायको महान् पर्व

फरार प्रतिवादी पक्राउ

ताप्लेजुङ, मङ्सिर १ गते । ताप्लेजुङमा सवारी ज्यान मुद्दामा अदालतबाट

सोमराजको मृत्यु प्रकरणमा दुई जना पक्राउ

ताप्लेजुङ, मङ्सिर १ गते । ताप्लेजुङको फुङलिङमा मृत अवस्थामा फेला

पाथीभरामा एक महिनामा ६४ हजार बढी दर्शनार्थी

ताप्लेजुङ, कात्तिक ३० गते । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा