मिक्वाखोला गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मोति मावि प्रथम



रेडियो काबेली

ताप्लेजुङ। ताप्लेजुङको मोति माध्यमिक विद्यालय खोक्लिङ मिक्वाखोला गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम भएको छ । आइतबार सम्पन्न प्रतियोगितामा विभिन्न खेल विधाअन्तर्गत १७ स्वर्ण हात पार्दै मोति माध्यमिक विद्यालय प्रथम भएको हो ।


यस्तै १० स्वर्णसहित साँवा माध्यमिक विद्यालय साँबा द्वितीय र तीन स्वर्ण जित्दै पञ्चश्वरी माध्यमिक विद्यालय लिबाङ तृतीय भएको छ । बिजेतालाई मिक्वाखोला गाउँपालिका–४ का वडाध्यक्ष सदनकुमार साँबा, गाउँपालिकाका शिक्षा शाखा अधिकृत केशबसरण अधिकारी लगायतले शिल्ड र प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगिता साँवा माध्यमिक विद्यालयमा सञ्चालन गरिएको थियो भने प्रतियोगिता शुक्रबार सुरु भई आइतबार सम्पन्न भएको हो ।

प्रकाशित मिति : 9:27 am

ख्रीष्टियन लिम्बु समाज ताप्लेजुङद्धारा दोभान आगलागीपीडितलाई सिरक वितरण

ताप्लेजुङ, कात्तिक १६ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ दोभान बजारमा

फुङ्लिङमा महागुरु फाल्गुनन्दको जन्मजयन्ती मनाइने

ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङको फुङ्लिङमा राष्ट्रिय विभूति महागुरु

घरको रेलिङबाट लडेर एक जना घाइते

ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–६ मा घरको

ताप्लेजुङदेखि काठमाडौंका लागि हिँडेको बस नावा खोलामा फस्यो, सबै यात्रुको उद्धार

ताप्लेजुङ, कात्तिक १३ गते । तमोर करिडोरअन्तर्गत पाँचथर र धनकुटाको

प्रतिकूल मौसमबाट सतर्क रहन फक्ताङ्लुङको पर्यटक र नागरिकलाई आग्रह

ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले प्रतिकूल मौसमका